News Portal

  • पचालझरनामा साँस्कृतिक कार्यक्रमका साथै शहिद परिवारलाई सम्मान

    कर्नालीसंचार संवाददाता५ फागुन
    १४८ पटक
    ५ फागुन

    कालीकोट । जनयुद्ध दिवसका अवसरमा पचालझरना गाउँ पालिकाका वडा न.१ र २ वडामा जनयुद्धका शहिद परिवारलाई सम्मान गरिएको छ । नेकपा(माओवादी केन्द्र) पचालझरना गाउँ कमिटिले आयोजना गरेको शहिद सप्ताहका क्रममा पहिलो दिनमा ४ जना शहिदहरुका घरपरिवार एक जना बेपत्ता परिरवार गरी ५ जनालाई सम्मान गरिएको हो ।

    नेकपा(माओवादी केन्द्र्र) कर्नालि प्रदेश सदस्य,जिल्ला सचिव तथा पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही,लुम्बिनि प्रदेश कमिटि सदस्य तथा कोहलपुर नगरकमिटी अध्यक्ष अबराज खड्का,पचालझरना इन्चार्ज तारा न्यौपाने,जिल्ला कमिटि सदस्य करविर विकको उपस्थितिमा भएको कार्यक्रममा वडा न.१का शहिद संजयको आमा लालकला खड्का,जैसरा बोगटीको आमा पानकला बोगटी,वडा न.२का शहिद अनिपाल शाहीको धर्मपत्नि मिठु शाही र शहिद जिवन विकका दाजु लाल विक र बेपत्ता परिवार ब्यासि बाेगटीलाई सम्मान गरिएको बताइएको छ ।

    सो कार्यक्रममा जनताका तर्फबाट गुनासोको सुनुवाई समेत भएको र बृहत सांस्कृतिक कार्यक्रम समेत गरिएको पालिका इन्चार्ज तारा न्यौपानेले बताएकी छन । वडाबाट प्रस्तुत गरिएका देउडा तथा सांस्कृतिक टोलिलाई पुरुस्कार समेत वितरण गरिएको बताइएको छ ।

    यस कार्यक्रमले जनयुद्धको झल्को दिने गरी दिवस मनाइएको स्थानियले बताएका छन । सो कार्यक्रममा नेपालि कांग्रेसका पूर्व वडा सभापति देविसरण न्यौपाने सहितका नेपालि कांग्रेसका कार्यक्रताहरु नेकपा(माओवादी केन्द्र)मा प्रबेश गरेको समेत बताइएको छ ।

    प्रतिकृया दिनुहोस्