News Portal

  • कालीकोटको सुनथरालिमा चिलगाडी

    रुपेन्द्र ऐडी१४ फागुन
    ७१२ पटक
    १४ फागुन

    कालीकोट । निर्माण थालेको ३८ वर्ष पछि कालीकोटको नरहरीनाथ गाँउ पालिकाको सुनथरालीमा चिलगाडी सुचारु हुने भएको छ।

    नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्रि पूर्ण बहापुर खड्का, संस्कृति तथा पर्यटन मन्त्री सुदान किरातीले एक साथ उद्घाटन गरेका छन । आइतवार परिक्षण उडान संगै आज सोमबर औपचारीक उद्घाटन गरेका हुन ।

    २०४२ सालमा कामको थालनि भएको कालीकोट को एक मात्र विमान स्थल सुचारु हुने भएको छ। तारा एअरलाइन्स र नेपाल एअर लाइन्सका दुइ वटा जहाज मा मन्त्रिहरुको आगमन संगै उद्घाटन गरिएको बताइएको छ । स्थानियले नियमित उडान भर्नका लागि अनुरोध गर्दै उद्घाटनमा सिमित नराख्न आग्रह गरेका छन ।

    उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पूर्ण बहादुर खड्काले देशमा आर्थिक सम्बृद्धि संगै विकासमा तिव्रता आएको बताउँदै पर्यटन प्रबद्धनमा कालीकोटको विकास हुनेमा विश्वास व्यक्त गर्दै काठमाडौ र कालीकोटको दुरी घटेको बताएका छन।

    पर्यटन मन्त्रि सुदन किराँतीले पटक पटकको अथक प्रयास पछि विमान स्थल उद्घाटन भएको र सुचारु हुने नहुने कुरा जिल्ला बासीको हातमा रहेको बताएका छन। सो कार्यक्रममा पूर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाही,जिवन शाही, प्रदेश सांसदहरु दुर्ग रावत,हिक्मत विष्ट, यशोदा न्यौपाने लगाएतका नेता उपस्थिति रहेको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए ।

    सो उद्घाटन कार्यक्रममा स्थानिय कला संस्कृति झल्किने देउडा प्रस्तुत गरिएका थिए ।

    प्रतिकृया दिनुहोस्