Skip

News Portal

  • शैक्षिक गुणस्तरका लागि नमुना परिक्षा संचालन

    धनकर्ण वि क१८ फागुन
    १७७ पटक
    १८ फागुन

    कालीकोट । पलातामा शैक्षिक गुणस्तरका लागि नमुना परिक्षा संचालन गरिएको छ । शिक्षा शाखा पलाताले  पलाताको शैक्षिक अवस्थालाई अगाडी बढाउने उद्देश्यले निरन्तर कार्यक्रम संञ्चालन गर्दै आइरहेको छ ।

    सोही अनुसार पलाता गाउँ पालिकाको सरस्वति माध्यामिक  विद्यालयमा नमुना परिक्षा संचालन गरिएको हो । पलाता  शिक्षा शाखा प्रमुख कल वहादुर भण्डारीले शैक्षिक गुणस्तर कायम गर्न उक्त माध्यामिक विद्यालयमा पलाँता २ का ५ ओटा विद्यालय को गुणस्तर वृद्धी गर्ने उद्देश्यले आज कक्षा १,३, र ५ का विधार्थी को नमुना परिक्षा संञ्चालन गरिएको हो । पलाता २ का सरस्वती मावि राडुनेटा,सिद्ध नाथ आबि लार्फ,मस्टा आबि बान्जडा, प्रभात आबि दाम र जनता आधारभुत विद्यालय सहितको सहभागिता रहेको हो ।

    सो नमुना परिक्षा कार्यक्रमका शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारीको अध्यक्षता तथा वडा न २ अध्यक्ष भिम प्रसाद न्यौपानेको उपस्थितिमा शैक्षिक संस्था संचालनमा प्रमुख एजेन्डाको रूपमा शैक्षिक गुणस्तरलाई निरन्तरता दिने बताइएको छ । उक्त परिक्षा समितीका सदस्य सर्पानन्द न्यौपाने र प्रेम वहादुर विश्वकर्माले यस्ता शैक्षिक गुणस्तरका कार्यक्रम अन्य वडा का विद्यालयमा समेत संञ्चालन गर्न जरुरी देखिएको बताएका छन। नमुना परीक्षामा स्थान ल्याउने विद्यार्थीलाई पुरुस्कार समेत प्रदान गरिएको थियो ।

    शिक्षा शाखा प्रमुख भण्डारीले शैक्षिक सुधारमा आमूल परिवर्तन हुनेमा विश्वास व्याक्त गर्दै सबैको साथ जरुरी भएको बताएका छन्।

    प्रतिकृया दिनुहोस्