कालीकोट । पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया र प्रमुख प्रशासकिय अधिकृत शुरेस कुमार श्रेष्ठ सहितको टोलिले विद्यालयको अनुगमन गरेका छन । पलांता गाउँ पालिकाको वडा नम्बर ६को नेटामा रहेको चौतारी आधारभुत विद्यालयमा अनुगमन गरिएको हो ।
पलांतामा शैक्षिक गुणस्तर कायम गर्न प्रत्येक विद्यालयमा अनुगमन गरिएको हो । पलांता गाउँ पालिकाले यस अघि शैक्षिक सुधारका लागि पालिका स्तरमा हाजिरी जवाफ प्रतियोगिताका साथै नमुना परिक्षा संचालन गरेको थियो ।
अनुगमन कार्यले विद्यालयको समस्या बुझ विस्तार र आधारभुत कुराको जानकारी भएको र समस्याको समाधानका लागि अघि बढ्न सहज भएको बताउदै अध्यक्ष रोकायाले बताएका छन । पलांताका सबै विद्यालयका समस्यालाई समाधानका लागि योजना बनाउन कोशे ढुंगा सावित हुने बताइएको छ ।
https://karnalisanchar.com/archives/21466
Discussion about this post