Skip

News Portal

  • सम्भावना नेपालमै छ – विप्लव

    रुपेन्द्र ऐडी२८ फागुन
    ९७ पटक
    २८ फागुन

    कालीकोट । नेकपा का महासचिब तथा समाजवादी मोर्चाका संयोजक नेत्र विक्रम चन्द “विप्लव” ले गर्न सके विदेशमा नभइ नेपालमा सम्भावना रहेको बताएका छन। नेकपा कालीकोटले नाग्ममा सोमवार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

    राज्यले कृषि उत्पादन तर्फ ध्यान नदिएका कारण वेरोजगारी र भोकमारी समस्या बढेको बताउँदै सरकारमा  बस्ने तर योजना नल्याइ युवालाई विदेश पठाउने गरेको आरोप लगाएका छन । नेता विप्लव स्याउ रोप्नका लागि जुम्ला आएका हुन ।

    सोही क्रममा विप्लवले कालीकोटमा पत्रकार भेटघाट गर्ने र परहरिनाथ को कुमालगाउँमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नरहरिनाथ गाउँपालिका विप्लव नेतृत्वको नेकपाको वर्चश्व रहेको क्षेत्र हो ।

    प्रतिकृया दिनुहोस्