Skip

News Portal

  • सहज सेवा महाबै सरकारको प्राथमिकतामा राखिएको छ -अध्यक्ष सिंह

    कर्नालीसंचार संवाददाता३० फागुन
    ६५ पटक
    ३० फागुन

    कालीकोट । महाबै सरकारका प्रमुख खेम बहादुर सिंहले महाबै बासि समुदायका लागि सहज सेवा दिने कामा लाई पहिलो प्राथमिकतामा राखेको बताएको छन । महाबै समुदायका लागि अनुदानको नुन वितरण गर्दै अध्यक्ष सिंहले सो कुरा बताएका हुन । आज महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंह र हिमचुली सहकारीका सचिव पौरख विश्वकर्माले समुदायलाई नुन वितरण गरेर उद्घाटन गरेका हुन।

    जिल्ला सदरमुकाम मान्ममा एक दिन लगाएर आउनु पर्ने बाध्यता बाट समुदायका लागि सहज सेवा गराएको बताउँदै अध्यक्ष सिंहले गाउँमा सिंहदरवार आएको जनतामा महसुस हुने गरी सेवा सुचारु गरेको बताउदै आगामी वर्ष सुपथ मल्य पसल संचालन गर्ने बताएका छन ।

    महाबै गाउँ पालिकाको समन्वय तथा हिमचुली सहकारी संस्थाको साझेदारीमा साल्ट ट्रेडिङ लिको अनुदानको नुन महावैका जनताका लागि बिर्तामोडमा वितरण केन्द्र बाट विक्री गरिने बताइएको छ। उक्त केन्द्रबाट हरेक महिनाको ७ गते, १४ गते र २१ गते विक्री गरिने संस्थाका महाबै सेवा कार्यालय व्यवस्थापक प्रमिता विष्टले बताएकी छन्। महावैका समुदायले एक जनाले ५ पाकेटका दरले नुन पाउने र उक्त नुन अनुदानमै उपलब्ध गराइने भएको बताइएको छ ।

    उक्त कार्यकममा महाबै गाउ पालिका अध्यक्ष खेम बहादुर सिंह , उपाध्यक्ष दानसिंह सेजुवाल र संस्थका सचिव पौरख विक सहित सहायक व्यवस्थापक रुपेन्द्र ऐडी, व्यवसाय विभाग प्रमुख कृष्ण बरालको उपस्थितिमा नुन वितरण गरिएको हो । गाउमै नुन पाउने भएपछि आफुहरु खुशी भएको स्थानिय इन्द्र शाहीले बताए ।

    प्रतिकृया दिनुहोस्