पलांतामा महिनावारी व्यवस्थापनमा तिव्रता

7
SHARES
15
VIEWS

कालीकोट । पतालंतामा मर्यादित महिनावारी सचेतना कार्यक्रम तिव्र पारिएको छ । पलांता सबैका लागि दिगो खानेपानि तथा स्वच्छता आयोजना सुस्वाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

मर्यादित महिनावरी व्यवस्थापनका लागि पालिका स्तरमा कार्यक्रम गर्नु का साथै वडा न.१,२,३ र ९मा तालिम तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । सुस्वाका परियोजना संयोजक धिरबहादुर भण्डारीका अनुसार महिलाहरुमा महिनावारीका समयमा सर्तकता अपनाउनका लागि ख्याल गर्नु पर्ने विषय देखि स्वच्छ खानेपानिको प्रयोगका विषयमा ग्रामिण वस्तिमा चेतना अभिबृद्धि गरिएको बताइएको छ ।

पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमाल सहितको सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रमले महिलाहरुमा महिनावारी व्यवस्थापनमा सहजता आएको बताइएको छ । यस कार्यक्रम मार्फत अधिकांस महिलाहरुले महिनावारीको समयमा व्यवस्थापन गर्न सहज भएको बताइएको छ ।

पलांताका महिलाहरुमा सेनीटरी प्याडको प्रयोगका साथै महिनावारी पारी नभै वारी भन्ने हेतुले सहिजकरण गरिएको उपाध्यक्ष अलैपुरा हमाल(जैसि)ले बताएकी छन ।सो कार्यक्रममा वास इकाइका सल्लाहाकार गुम्म बहादुर नेपालिले मर्यादित महिनावारी ब्यवस्थापनका लागि आफुहरुले लागि परेको बताउदै पलाताका सबै वडाहरुमा महिनावारी पारि हैन वारी बसौ भन्ने मुल नारालाई आत्मसाथ गर्दै अघि बढ्ने बताएका छन ।पछिल्लो समय पलांतामा खानेपानि पहुंच संगै सरसफाइमा तिव्रता दिन सुस्वाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

पलाताको सबै वडामा चेतना मुलक कार्यक्रम तिव्र पारिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित