News Portal

  • पचालझरनामा गाउँ पालिका अध्यक्षको उपस्थितिमा महिलाहरुमा वित्तिय साक्षरता कार्यक्रम

    कर्नालीसंचार संवाददाता८ चैत्र
    २०३ पटक
    ८ चैत्र

    कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.ले गाउँ गाउँमा वित्तिय साक्षरता कार्यक्रममा तिव्रता दिएको छ । संस्थाको पचालझरना सेवा कार्यालयले ग्रामिण महिलाहरुलाई पुंजि परिचालन र आम्दानिलाई कसरी बचत गर्ने भन्ने बारेमा वित्तिय साक्षरता कार्यक्रमको शुरुवात गरेको हो । पचालझरना लगाएत जिल्लाभर ११ वटा सेवा कार्यालयमा संस्थाले वित्तिय साक्षरता कार्यक्रम दिइएको बताइएको छ ।

    पचालझरना गाउँ पालिकाको वडा न.४ जारकोटका लघुउद्यमिहरु महिला समुहका सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम दिएको बताइएको छ । संस्थाका सेवा कार्यालय व्यवस्थापक सतल रोकायाका अनुसार सो कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही, प्रथम अध्यक्ष खडगराज सेजुवालको उपस्थिति रहेको फिल्ड सहायक विरेन्द्र बहादुर विकले बताएका छन ।

    संस्थाका मृतक सदस्य रतना रोकायालाई दुर्घटना राहत वापत एक लाख नगद समेत हस्तान्तरण गरिएको बताइएको छ । उक्त राहत रकम रतना रोकायाका पति मान बहादुर रोकायालाई हस्तान्तरण गरिएको हो ।

    अन्य रकम संस्थाको मुद्धति खातामा जम्मा गरी निरन्तर रुपमा बचत गर्न लगाइएको सेवा कार्यालय व्यवस्थापक सतल रोकायाले बताएा छन ।राेकायाका अनुसार सहकारीले सबै  सदस्यहरुकाे डेढ लाख बढिकाे दुर्घटना विमा गर्दै अाएकाे बताइएकाे छ ।

    सो कार्यक्रममा बोल्दै अध्यक्ष देबराज शाहीले हिमचुलि कृषि सहकारीले बचत मात्र नभई सेवा मुलक काम समेत गरेको बताउदै सबै महिलाहरुले उद्यमशिल भई अघि बढ्न अनुरोध समेत गरेका छन ।

    पचालझरना गाउँ पालिका प्रथम अध्यक्ष खडगराज सेजुवाले हिमचुलि सहकारी ग्रामिण महिलाहरुका लागि भकारीको भुमिका निर्वाह गरेको बताएा छन ।
    हिमचुलि कृषि सहकराी संस्थाका जिल्लाभर ११ वटा सेवा कार्यालय सहित १४ हजार ९ सय बढि शेयर सदस्यहरुमा विभिन्न कारोबार गर्दै आएको कर्नालि प्रदेशको ठुलो सहकारी हो ।

    प्रतिकृया दिनुहोस्