Skip

News Portal

  • माओवादी केन्द्र कालीकोटकाे जिम्मेवारी हेरफेर

    जिल्ला संयोजक तथा सचिवमा को को छन आंकाक्षि

    कर्नालीसंचार संवाददाता
    ३२३ पटक

    कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटको इन्चार्जको जिम्मेवारी जिवन बुढाले पाएका छन । यस अघि जिल्ला इन्चार्जको जिम्मेवारी लिदै आएका नेकपा(माअ‍ोवादी केन्द्र्र)का केन्द्रिय सदस्य विष्णु बहादुर कि(विकल्प) राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएपछि उक्ता ठाउँमा केन्द्रिय सदस्य जिवन बुढालाई जिम्मेवारी तोकिएको हो । नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेशको चैत्र ९ गते बसेको प्रदेश कमिटीको बैठकले उक्त निणर्य गरेको प्रदेश सचिव धनजित शाहीले बताएका छन ।

    प्रदेश सचिव शाहीका अनुसार जिल्ला सह इन्चार्जको जिम्मेवारी यस अघि जिल्ला संयोजकको जिम्मेवारीमा रहेका लक्ष्मि प्रसाद चौलागाई(शैलेन्द्र)लाई तोकिएको बताए । यस अघि जिल्ला सह इन्चार्जको जिम्मेवारी यशोदा न्यौपाने(पूर्णिमा)भएपनि प्रदेश सांसद संगै प्रदेश सभाको उपसभामुखको जिम्मेवारीमा रहेपछि सो पद खालि रहेको थियो ।
    त्यसै गरी जिल्ला संयोजक र सचिवका बारेमा पनि अब छिटै टुंगो लाग्ने बताइएको छ । प्रदेश सचिव शाहीले जिल्लाबाट सिफारिस गरेर पठाएपछि जिल्ला संयोजक र सचिवको जिम्मेवारीका बारेमा प्रदेश समितिले अनुमोदन गर्ने बताएका छन ।
    नेकपा(माओवादी केन्द्र)ले सरकारमा भएका जिम्मेवार नेताहरुलाई दोहोरो जिम्मेवारी नदिने निर्णय संगै अहिले जिम्मेवारी फेरबदल गर्न लागिएको बताइएको छ । जिल्ला सचिवमा देबराज शाही(अग्नि)ले जिम्मेवारी सम्हाल्दै आएका छन । उनि पचालझरना गाउँ पालिका अध्यक्ष समेत रहेका छन ।
    जिल्ला संयोजक तथा सचिवमा को को छन आंकाक्षि
    नेकपा(माओवादी केन्द्र) कालीकोटको संयोजक र सचिवमा धेरै आकाक्षि रहेको पाइएको छ । जसमा खांडाचक्रबाट सरोज बोगटी,तिलागुफाबाट रतन शाही(आशुंतोष), दिनेश चंदारा, शुभकालिकाबाट अटल महतारा, नरहरिनाथबाट अग्र विष्ट(सुनिल), सान्नित्रिवेणिबाट डम्बर शाही(डिवि), रास्कोटबाट जगत बहादुर शाही(शिखर), पचालझरनाबाट खडगराज सेजुवाल (विश्वप्रकाश) र मान बहादुर भण्डारी (बासिन्दा), महिला नेतृ मनशोभा बुढा(आशा), शैलजा बम लगाएतका नेताहरु रहेको नेकपा(माओवादी केन्द्र)का एक नेताले बताएका छन ।
    स्थानिय सरकारको जिम्मेवारीमा रहेकाबाट समेत छलफल भएमा महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंह  समेत आकांक्षि रहेकाे बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्