Skip

News Portal

  • अखिल क्रान्तिकारीको पिलिमा सम्मेलन

    रुपेन्द्र ऐडी११ चैत्र
    १२७ पटक
    ११ चैत्र

    कालीकोट । अखिल (क्रान्तिकारी) कालीकोटको १४ औं जिल्ला सम्मेलन शुरू भएको छ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री / संघिय सांसद महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।
    शिक्षा,स्वास्थ्य र रोजगारीको ग्यारेन्टी को लागि हाम्रो आन्दोलन ।
    समाजवादी शिक्षा र सामाजिक सुरक्षा सहितको अर्थ व्यवस्थाको क्षिमा १४ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ युद्ध पर्यटकिय क्षेत्र पिलिमा शुरू भएको हो ।
    उक्त सम्मेलन उद्घाटनका क्रममा नेकपा माओवादी केन्द्रका नेताहरु नरेश भण्डारी, दुर्ग रावत, जिवन बुढा, गंगा खड़का, लक्ष्मि प्रसाद चौलागाई , लक्ष्मिकन्या बुढाका साथै विद्यार्थी नेता अमरजंग शाही , हुम्ला ताजाकोट गाउँ पालिका अध्यक्ष लालकेश जैसी सहितका नेताहरुले शुभकामना मन्तव्य दिदै ऐतिहासिक भूमि पिलिबाट क्रान्तिको ठुलो महत्व राखेको छ र शान्तिको सन्देश प्रवाह पिलिले उच्च अग्रणी भूमिका निर्वाह गर्ने बताएका छन ।
    अखिल (क्रान्तिकारी) को १४ औं जिल्ला सम्मेलन बाट नयाँ नेतृत्व गर्ने आयोजक समितिका संयोजक खगेन्द्र मल्लले बताएका छन ।
    1

    प्रतिकृया दिनुहोस्