News Portal

  • कालीकोटमा कानका विरामीको उपचार

    रुपेन्द्र ऐडी१३ चैत्र
    १८४ पटक
    १३ चैत्र

    कालीकोट । पहिलो पटक कालीकोटमा कानको निशुल्क उपचार गरिएको छ । दुइ दिन सम्म चलेको कान शिविरमा जिल्लाका दुइ सय ३७ जनाले उपचार सेवा लिएका हुन । चैत्र १२ र १३  गते दुह दिन चलेको निशुल्क कान स्वास्थ्य सेवा शिवरमा पहिलो चरणमा २१ जनालाई श्रवण यन्त्र वितरण गरिएको छ भने ९ जनालाई कानको सल्यक्रियाका लागि नेपालगंज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

    त्यसैगरी निशुल्क शिविरमा ४० जनाको कालीकोटमा कानको सल्यक्रिया गरिने बताइएको छ । नेपाल नेत्र ज्योती संघ कालीकोट , एकिकृत आँखा तथा स्वास्थ्य कार्यक्रम कर्नालि प्रदेश सुर्खेतको आयोजनामा कालिकोटमा शिविर संचालन गरिएको हो। स्थानिय पंख विकले कानको उपचार जिल्लामै हुने भएपछि आयोजकलाई धन्यवाद दिदै खुशी व्यक्त गरेका छन ।

    सो शिवर बाट ग्रामिण भेगका दुरदराज बाट सेवाग्राही आएको स्वास्थ्यकर्मि प्रकाश अधिकारीले बताए । उनका अनुसार निशुल्क शिविरको प्राविधिक सहयोग विट्रेन सामुदायिक कान उपचार सेवा गणेशमान चोक नेपालगंज र स्वास्थ्य सेवा कार्यलय कालीकोटको समन्वयमा गरिएको बताए ।

    चैत्र १४ गते खाँडाचक्रको मोल्फामा शिविर संचालन गरिने र बैशाख ३ देखि ८ गते सम्म जिल्ला अस्पताल कालीकोटमा कानको सल्यक्रिया गरिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्