Skip

News Portal

  • कालीकोटमा ५१७ जनाको कान चेकजांच,बैशाखमा सल्यक्रिया हुने

    रुपेन्द्र ऐडी१६ चैत्र
    २२२ पटक
    १६ चैत्र

    कालिकोट । कानको शिविरमा जिल्लाबाट ५ सय १७ जनाको कानको जांच गरिएको छ ।

    चैत्र १२ गते देखि १५ गते सम्म संचालन गरिएको निशुल्क कान स्वस्थ्य शिविरमा जिल्ला अस्पताल कालीकोट र मोल्फामा ५ सय १७ जनाको चेकजाँच गरिएकोमा १४ जनालाई पूर्ण रुपमा सल्यक्रिया गर्न रिफर गरिएको बताइएको छ । जसमा कान सुन्ने मेसिन हेयरिङ साधन ३६ जनालाई वितरण गरिएको स्वास्थ्य कार्यालय कालीकोट ले जनाएको छ ।

    नेपाल नेत्रज्योति संघ कालीकोट, एकीकृत आखाँ तथा कान स्वस्थ्य कार्यक्रमको आर्थिक सहयोग र (बि. एन. ब्रिटेन नेपाल )सामुदायिक कान उपचार सेवा गणेशमान चोक,सिद्दार्थ अस्पताल नेपालगंज बाँकेको प्रविधिक सहयोगमा भयको निशुल्क कान स्वस्थ्य शिविरमा कालीकोट जिल्लामा ६० जना कानका विरामीको सल्यक्रिया गरिने भएको स्वस्थ्यकर्मि प्रकाश अधिकारीले बताएका छन।
    २०८१ साल बैशाख ३ देखि ८ गते सम्म जिल्ला अस्पताल कालीकोटमा शिविर संचालन गर्ने बताइएको छ । यस अघि गएको बर्ष पनि कानको शिविर संचालन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्