हेटौडा उपमहानगरपालिकाले पचालझरनालाइ पुर्वाधार विकासमा १० लाख सहयाेग गर्ने

7
SHARES
15
VIEWS

कालीकाेट ।पचालझरना गाउँ पालिकाको पूर्बाधार विकासमा हेटौडा उपमहानगर पालिकाले रु १० लाख बजेट व्यवस्थापन गर्ने भएको  छ ।

पचालझरना गाउँ पालिका र हेटौडा उपमहानगर पालिका विच भगिनि सम्बन्धमा द्धिपक्षिय सम्झौताकाे अन्तिम बुँदामा साे कुरा उल्लेख गरिएको छ ।साेमबार पचालझरना गाउँ पालिका र हेटौडा उपमहानगर पालिका विच भएको सम्झौता पत्रमा ६ बुद्धे सम्झौता भएको हो । जसमा  दुबै स्थानिय तहले स्थानिय स्वायत्त शासन,स्वशासन र समृद्ध पालिका निर्माणको अभियानमा आपसि समन्वय तथा साझा प्रयत्न गर्दै सहकार्य गर्ने ,संस्थागत सवलता र सुदृढिकरणमा सहकार्य गर्र्नेे,असल अभ्यास तथा सफल अनुभवको आदान प्रदान गर्ने,स्थानिय पर्यटन प्रवद्धनमा गर्ने र प्रकृति तथा पर्याबरणको संरक्षण एबंम समुचित मानव समाजको विकास र प्रकृतिमा प्रबद्धनमा आपसि सहकार्य गर्न योजना निर्माण गर्ने समेत सम्झाैता भएकाे बताइएकाे छ ।

सो सम्झौता पत्रमा हेटौडा उपमहानगर पालिका प्रमुख मिना कुमारी लामा र पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले हस्ताक्षर गरेको् पचालझरना गाउँ पालिका सुचना प्रविधि अधिकृत प्रकाश कुमार कठायतले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित