कालीकोट । पचालझरना गाउँ पालिका वडा न.२का वडा अध्यक्ष करविरे विकले कृषि पेशालाई निरन्तर रुपमा जारी राख्नु पर्नेमा जोड दिएका छन । पचालझरना गाउँ पालिका वडा न.२को लेकगाउँ भौनेमा पचालझरना फलफुल तथा कृषक समूह को साधारणसभामा बोल्दै अध्यक्ष विकले सो कुरा बताएका हुन ।
आज सोबार भौनेमा उक्त समुहका सदस्यहरुको उपस्थितिमा भएको साधारणमा बर्म ऐडीले कृषि खेतिका लागि गरेको प्रयासको बारेमा बोल्दै अध्यक्ष करविरे विक लगाएतका सहभागिले कृषिमा कर्म गरेपछि विदेश जानु नपर्ने बताएका हुन ।
सो साधारण सभामा कृषि विकास कार्यालय कालीकोटका गोर्ख विक,कृषि शाखा पचालझरनाका लोकेन्द्र धानुक,हिमचुलि कृषि सहकारी संस्थाका पचालझरना शाखा व्यवस्थापक सतल रोकायाको समेत उपस्थिति रहेको बताइएको छ ।भौने लेकमा बर्म ऐडीले विगत ५ वर्ष अघि देखि कृषि खेतिका साथै विरुवा उत्पादन गर्दै आएका छन ।
त्यसै गरी हिमचुलि कृषि सहकारी संस्था लि.को महिलाहरुको समुह समेत गठन गरिएको छ । संस्थाका शाखा व्यवस्थापक सतल रोकायाको सहभागितामा बचत तथा कृषि पेशा गर्ने कृषकहरुको सहभागितामा १५ सदस्य लेकगाउँ भौने महिला उद्यमि समुह समेत गठन गरिएको बताइएको छ ।
Discussion about this post