News Portal

  • पचालझरना र हेटौडा उपमहानगरपालिका विच भगिनि सम्बन्धमा हस्ताक्षर

    रुपेन्द्र ऐडी
    १३९ पटक

    का्लीकोट । पचालझरना गाउँ पालिका र हेटौडा उपमहानगर पालिका विच भगिनि सम्बन्धमा द्धिपक्षिय सम्झौता भएको छ । पचालझरना गाउँ पालिका र हेटौडा उपमहानगर पालिका विच भएको सम्झौता पत्रमा ६ बुद्धे सम्झौता भएको हो ।

    जसमा दुबै स्थानिय तहले स्थानिय स्वायत्त शासन,स्वशासन र समृद्ध पालिका निर्माणको अभियानमा आपसि समन्वय तथा साझा प्रयत्न गर्दै सहकार्य गर्ने ,संस्थागत सवलता र सुदृढिकरणमा सहकार्य गर्र्नेे,असल अभ्यास तथा सफल अनुभवको आदान प्रदान गर्ने,स्थानिय पर्यटन प्रवद्धनमा गर्ने र प्रकृति तथा पर्याबरणको संरक्षण एबंम समुचित मानव समाजको विकास र प्रकृतिमा प्रबद्धनमा आपसि सहकार्य गर्न योजना निर्माण गर्ने र पचालझरना गाउँ पालिकाको पूर्बाधार विकासमा हेटौडा उपमहानगर पालिकाले रु १० लाख बजेट व्यवस्थापन गर्ने भएको बताइएको छ ।

    सो सम्झौता पत्रमा हेटौडा उपमहानगर पालिका प्रमुख मिना कुमारी लामा र पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले हस्ताक्षर गरेको् पचालझरना गाउँ पालिका सुचना प्रविधि अधिकृत प्रकाश कुमार कठायतले जानकारी दिएका छन ।
    यस अघि चितवन महानगर पालिकाका प्रमुख रेणु दाहाल र पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही विच भगिनि सम्बन्धका लागि द्धिपक्षिय सम्झौता समेत भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्