News Portal

  • पलांताका महिला आलु चिप्स बनाउन सिक्दै

    रुपेन्द्र ऐडी२७ चैत्र
    ४४१ पटक
    २७ चैत्र

    कालीकोट । पलांतामा स्थानिय महिलाहरुलाई सिप विकासमा तिव्रता दिन थालिएको छ ।

    पलांता गाउँ पालिकाको गरिबी निबारणका लागि लघु उद्यम शाखाको आयोजनामा आलु चिप्स तालिम संचालन गरिएको छ । पलांता गाउँ पालिकाको आयोजनामा ११ जना महिलाहरुको सहभागितामा वडा नम्बर ८ बेर्सनकोटमा सो तालिम शुरु गरिएको हो ।

    हाते मेसिनले पहिलो पटक आफै उत्पादन गरेको आलु बाट चिप्स उत्पादन गरिएको उद्यम सहजकर्ता इलम महताराले बताएका छन । उनका अनुसार आलु चिप्स बनाउने तालिम १५ दिन सम्म संचालन हुने बताए ।
    यस अघि पतांता गाउँ पालिकाले जिल्लामा लोपन्मुख भएको ठेटुवाको कपडा उतपादनका लागि तालिम दिएर चर्चामा रहेको थियो । जुन कपडा पुर्खाले कपास उत्पादन गरेर बनाउदै आएका थिए । पछिल्लो समय ठेटुवाका कपडा पाउन छाडेको छ ।

    पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले महिलाहरुमा दीर्घकालीन रुपमा आत्मनिर्भर हुने गरी सीप बिकाश तालिम संचालन गरिएको बताएका छ्न ।

    प्रतिकृया दिनुहोस्