Skip

News Portal

  • तिलागुफामा नुन बितरण,स्थानीय खुशि

    कर्नालीसंचार संवाददाता२८ चैत्र
    १०१ पटक
    २८ चैत्र

    कालीकोट ।तिलागुफा नगरपालिकाले गाउँमा नुन बिक्री शुरु गरेको छ ।

    ढुवानी अनुदानको नुन ल्याउन जिल्ला सदरमुकाम धाउदै आएका स्थानीयलाई सहज सेवा दिने उद्देश्यले तिलागुफा नगरपालिकाको पहिले पटक नगरपालिका केन्द्र गाल्जेबाट नुन बितरण गरेको नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बताए । उनका अनुसार आज पहिलो दिन तिलागुफा नगरपालिका वडा नम्बर ९,१० र ११ अर्थात साबिकको चिल्खाया गाबिसका समुदायलाइ नुन बितरण गरिएको बताएका छन ।

    यसै गरी सबै वडाका समुदायलाई नुन बितरण गरिने बताइएको छ । यस अघि जिल्लाको रास्कोट नगरपालिका,पचालझरना गाउँ पालिकाले सम्बन्धित ठाउँमा अर्थात पालिकामै नुन बितरण शुरु गरेका थिए भने महाबै गाउँ पालिका र हिमचुली कृषि सहकारी संस्थाको समन्वयमा चैत्र महिना देखि पिलि र बिर्तामोडबाट नुन बितरण शुरु गरेको छ ।

    यसै गरी नरहरिनाथ र शुभकालिका गाउँ पालिकाले पनि गाउँमा नुन ल्याउन पहल चालेका छन ।

    कालीकोट जिल्लाका स्थानिय तहका प्रमुखहरुको आग्रहमा  प्रमुख जिल्ला अधिकारी गणेश नेपालि संगको समन्वय सहकार्य पछि निश्चित कोटा निधारण गरेर नुन लिन शुरु भएको बताइएको छ ।यसमा कार्यले स्थानियलाई ठूलो राहत मिलेको महाबै गाउँ पालिका वडा नम्बर ७ का सचिब मनराज कार्किले बताए ।

    महाबै गाउँ पालिका निबाशी मन्दरा दमाइले गाउमा नुन पाउँद आफू खुशी भएको बताएकी छ्न ।

    प्रतिकृया दिनुहोस्