News Portal

  • पलांताको दुर्सि -फागोटी सडक सम्पन्न,रानिविसौना जोडिदै

    रुपेन्द्र ऐडी१ बैशाख
    ३२७ पटक
    १ बैशाख

    कालीकोट । पलांता गाउँ पालिकाको विकट मानिएको दुर्सि फागोटी सडक निर्माण कार्य सम्पन्न भएको छ । गाउँ तथा वडा पालिकाको बजेट मार्फत सो स्थानमा सडकको काम सम्पन्न भएको हो । पलांता गाउँ पालिकाको वडा न.७ मा पर्ने दुसिं फागोटीको सम्मको सडकको काम गएको माघ महिना देखि शुरु भएकोमा चैत्र मसान्त सम्म ४ किलो मिटर सडकको काम सम्पन्न भएको वडा अध्यक्ष कल बहादुर बम(उमेश)ले बताएका छन ।

    उपभोक्ता समिति मार्फत शुरु भएको कामको पलांता गाउँ पालिकाको २५ लाख र वडा न.७को १६ लाख गरी कुल जम्मा बजेट ४१ लाख र सो रकममा ३० प्रतिशतले हुन आउने बजेटमा १२ लाख ३० हजार श्रमदान गरी ५३ लाख ३० हजारमा सो सडक निर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष तेज हमालले बताएका छन । वडा र गाउँ पालिकाका अलग अलग उपभोक्ता समिति गठन गरिएका थिए ।

    उक्त बाटोको पलाता गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमाल,इन्जिनियर रमेश बस्नेतले अनुगमन गरेका छन । त्यसौ गरी दुर्सिंको छहडा हुंदै लोडे मार्फत रानि विसौना जोड्ने सडक समेत निर्माण कार्यको शुरुवात भएको छ । वडा अध्यक्ष बमका अनुसार गाउँ पालिकाको २५ लाख बजेटमा रतन बहादुर बमको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी कामको थालनि भएको बताइएको छ । सो सडक बने संगै दुर्सि,दैनिकर,फागोटीमा सडकको पहुंच संगै यातायात सेवा सुचारु हुने बताइएको छ ।

    अहिले पलांता गाउँ पालिकाको थिर्पु आउने घण्टौ लगाएर आवतजावत गर्नु परेको स्थानियको भनाई रहेको छ । त्यसै गरी पलांता गाउँ पालिकाको वडा न.६ र ७मा मात्र सडक विस्तार बांकी रहेको भएपनि यसै आर्थिक वर्षमा सबै वडामा सडकको पुहंच पुगाई यातायात सुचारु गर्न गाउँ पालिका अघि बढेको गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले बताएका छन ।

    अहिले अन्य वडाहरुमा सडक सुचारु भएपछि यातायातका साधन संचालनमा आएका छन ।

    प्रतिकृया दिनुहोस्