News Portal

  • कालीकोटको जनप्रभात माविलाई भारतिय दुतावासद्धारा स्कुल बस

    कर्नालीसंचार संवाददाता३ चैत्र
    २५१ पटक
    ३ चैत्र

    कालीकोट । भारतयि दुतावासले कालीकोटको जनप्रभात माविलाई विद्यार्थिलाई आवतजावतका लागि बस प्रदान गरेको छ । खांडाचक्र नगरपालिकाको वडा न.८ सेराबाडामा रहेको जनप्रभात माध्यमिक विद्यालयलाई विद्यार्थिहरुको सहजताका लागि स्कुल बस सहयोग गरेको हो ।

    जनप्रभात माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सामुदायिक विद्यालय महासंघ कालीकोटका अध्यक्ष धनलाल अधिकारीका अनुसार नेपाल भारत मैत्रि बसका रुपमा भारतिय राजदुताबालिे उक्त बस सहयोग गरेको बताएका छन । विद्यार्थिहरुलाई सहज पहुंच बृद्धिका लागि उक्त बसले पठन पाठनमा सहज हुने बताएका छन ।

    जनप्रभात माध्यमिक विद्यालयका प्रधानध्यापक पदम बहादुर मल्लले विद्यालयको बस सचानलनका लागि सहयोग गर्ने विभिन्न निकायहरुलाई धन्यवाद दिएका छन ।

    प्रधानध्यापक मल्लले कालीकोट जिल्लाकै पहिलो पटक सामाुदायिक विद्यालयले बस संचालन गरेको पहिलो पटक भएको बताउदै व्यवस्थित ढंगले आफुले उक्त बस संचालन गरी विद्यार्थिहरुको भलाइका लागि प्रयोग गर्ने बताएका छन ।

    उक्त बस चैत्र ५ गते कालीकाेट पुग्ने बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्