News Portal

  • बिप्लव नेकपाको जिम्मेवारी हेरफेर,कस्को जिम्मा कहाँ ?

    कर्नालीसंचार संवाददाता११ बैशाख
    १२४ पटक
    ११ बैशाख

    कालिकोट ।नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समितिको पाँचौ पुर्ण बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।

    गएको एक साता अघि कपिलवस्तुमा बसेको बैठकले जिम्मेवारी हेरफेर गरेको हो । जसमा बाग्मती प्रदेश इन्चार्जको  जिम्मेवारी प्रबक्ता खड्ग बहादुर बिश्वकर्मा(प्रकाण्ड)लाई तोकेको छ भने लुम्बिनी प्रदेश इन्चार्जमा  शन्तोस बुढामगर(बिषम),मधेस प्रदेश इन्चार्जमा अनिल बिरहि,गण्डकी प्रदेश इन्चार्ज उमा भुजेललाई तोकेको पार्टी स्रोतले जनाएको छ ।

    त्यसै गरी सुदुरपश्चिम् प्रदेश इन्चार्ज भरत बम(रणबिर),कर्नाली प्रदेश इन्चार्जमा कर्णजित बुढाथोकी(सुशील) र कोशी प्रदेश इन्चार्ज दिपेश रहेको बताइएको छ । यस अघि प्रकाण्डलाइ कार्यलय,रणबिरलाइ स्कुलिङ,बिषमलाइ जनसरकारको जिम्मेवारी दिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्