Skip

News Portal

  • कुमालगांउलाइ “पढाइ कुना” वडा घोषणा

    रुपेन्द्र ऐडी१४ बैशाख
    १०८ पटक
    १४ बैशाख

    कालिकोट । नरहरिनाथ गाउँ पालिकाको वडा नम्बर ३ लाई पढाइ कुना वडा घोषणा गरिएको छ ।

    विद्यार्थीको सिकाइ सुधारका लागि अभिभावकको संलग्नता बढाउन “हाम्रो वाडका घरघरमा पढाइ कुना, बालबालिकाको पढाइमा सुधार दुई गुणा ।” भन्ने नाराका साथ पढाइ कुना यूक्त वडा घोषणा गरिएको हो ।

    नरहरिनाथ गाउँ पालिका अध्यक्ष नगेन्द्र बिष्टको उपस्थितिमा प्लान नेपालको सहजीकरणमा उक्त वडालाइ पढाइ कुना वडा घोषणा गरिएको वडा नम्बर ३ का अध्यक्ष कटक बुढाले बताए । उक्त कार्यक्रममा बालबालिकाले आ आफ्नो कला प्रस्तुत गरेका थिए भने अभिभावक तथा जनप्रतिनिधिले सामुहिक प्रतिबद्धता जनाएका छन ।

    प्रतिकृया दिनुहोस्