Skip

News Portal

  • पलाता-जुम्ला सडक बिस्तारका लागि अध्यक्ष रोकाया सहितले गरे स्थलगत अनुगमन

    रुपेन्द्र ऐडी१५ बैशाख
    २७१ पटक
    १५ बैशाख

    कालिकोट । पलाता गाउँ पालिकाको थिर्पु हुँदै माछा लेक मार्फत जुम्ला पातरखोला जोड्ने सडकको शुरूवात हुने भएको छ । आज (शनिबार) पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकाया,उपाध्यक्ष अलैपुरा हमाल जैशी र पलाता गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत सुरेश कुमार श्रेष्ठ लगाएतको टोलिले स्थलगत अनुगम्न गरेको छ ।
    पलाता गाउँ पालिकाको थिर्पु देखि बेर्सनकोट सम्म सडक बिस्तार भएको र नाइबाडा हुँदै माछाको लेकमा सम्म काम शुरु गरी जुम्लाको पातरखोला जोड्ने तयारी थालेको हो । पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले जुम्ला सम्मको सडक बिस्तारले पलाता बासिलाइ आवतजावत मात्र नभइ व्यावसायिक दृष्टिकोणले समेत सहज हुने आशा लिएको बताए ।

    यस अघि पलाताको साबिकको खिनको छहड्ने हुँदै जुम्लाको ओदी सम्मको सडक सुचारु भएको छ ।
    पलाता गाउँ पालिकामा अघिल्लो स्थानीय सरकारले आफ्नै यातायातका साधन सुचारु गरेर आवतजावतलाई सहज बनाएको भएपनी सबै वडामा यातायातको पहुँच भने हुन सकेको थिएन । अहिले भने सबै वडामा सडकको पहुँच पुगे संगै छिमेकी जिल्लामा सडक संजाल जोडिनुको साथै सुदुरपश्चिम प्रदेशको स्वामिकार्तिक गाउँ पालिकाको साप्पाटा सडक जोडिएको छ ।

     

    प्रतिकृया दिनुहोस्