Skip

News Portal

  • युबालाई सक्षमता हांसिल गर्न नेतृत्व बिकाश जरुरी छ -पचालझरना अध्यक्ष शाही

    पचालझरनामा नमुना युबा गाउँ सभा अभ्यास प्रशिक्षण शुरु

    केशब शाही १५ बैशाख
    २४७ पटक
    १५ बैशाख

    कालिकोट । पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले  देशमा नेतृत्व युबाले लिनका लागि क्षमतामा बिकाश जरुरी रहेको बताएका छन । अध्यक्ष शाहीले युवाले देश सक्षम यिबा खोजेको बताउदै पचालझरनाका युवाहरूलाई जागरुक बनाउन यस कार्यक्रमले मार्ग दर्शन हुने  बताएका छन ।

    पचालझरना गाउँ पालिकामा शुरु भएको नमुना युवा गाउँ सभा अभ्यास तथा प्रशिक्षण उद्घाटन गरिएकाे छ। “समृद्ध नेपालकाे लागि स्वास्थ्य, कर्मठ र उद्यमी ” भन्ने मुल नाराका साथ पचालझरना गाउँ पालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा रास्ट्रीय युबा परिषदको सहयोगमा शनिबार  देखि शुरु भएको छ ।

    पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले सो कार्यक्रमको उद्घाटन गरेका हुन ।सो कार्यक्रममा पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारी, शिक्षा शाखा प्रमुख नमराज सहितकाे उपस्थिति राष्ट्रिय युवा परिषद नेपालका युबराज जाेशी ,युबराज खड्का केन्द्रीय प्रशिक्षक, दिपेन्द्रजङ शाही लगाएत उपस्तिथि रहेको थियो ।

    नमुना युबा गाउँ सभामा पचालझरना गाउँ पालिकाका सबै वडा बाट युबा क्लबहरू बाट १ पुरूष २ महिला गरी ३ जनाकाे दरले ३३ जनाकाे उपस्थिति रहेकाे छ ।सो कार्यक्रम ४ दिन सम्म संचालन हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्