Skip

News Portal

  • पचालझरनामा नमुना गाउँ सभा सम्पन्न

    केशब शाही १८ बैशाख
    २१८ पटक
    १८ बैशाख

    कालिकोट । पचाल झरना गाउँ पालिका मा नमुना गाउँ सभा तथा प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको छ । पचालझरना गाउँ पालिका शिक्षा शाखा प्रमुख नमराज शाहीकाे अध्यक्षता तथा  र पचालझरना गाउ पालिकाे कार्यबाहक अध्यक्ष जयराम टमटाकाे प्रमुख आतिथ्यतामा  नमुना युवा गाउँ सभा समापन गरिएकाे हो  ।

    उक्त कार्यक्रममा वडा न.१ देखि ९ सम्मका वडा अध्यक्षहरु र बिषयगत शाखा प्रमुखहरुकाे उपस्थितिमा समापन गरिएको छ । सो कार्यक्रममा ४ दिन सम्म सहभागीले नमुना युवा गाउँ सभाकाे अभ्यास गरेर डेमाे प्रस्तुत गर्नुका साथै नीति नियमको पालना,गाउँ पालिकाका कामकारबाहीको बारेमा सहजीकरण गरिएको थियो । यस अभ्यास तथा सिकाइले सहभागीहरुमा नयाँ ज्ञान हांसिल भएको बताइएको छ  ।

    यस कार्यक्रमको आयोजना गरेर युबायुबतिमा जनप्रतिनिधि हुंदा अपनाउने कुराको जानकारी मात्र नभई  प्रशंसनिय काम भएको बताउदै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नमराज शाहीले रास्ट्रीय युबा परिषदलाइ धन्यवाद दिएका छन ।

    परिषदका युबराज  जैशी,दिपेन्द्रजङ शाहीको उपस्थितिमा नमुना गाउँ सभा भएको हो । यो कार्यक्रम ४ दिन सम्म ३३ जना सहभागीहरुको सहभागितामा भएको हो ।सबै सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पचालझरना गाउँ पालिका कार्यलय पडेक्षामा सम्पन्न भएको जो ।

    प्रतिकृया दिनुहोस्