Skip

News Portal

  • राजस्व आम्दानिमा रास्कोट नगर जिल्लाकै पहिलो रहने नगर प्रमुख शाहीको दाबि

    टिकाराज उपाध्याय१८ बैशाख
    १२८ पटक
    १८ बैशाख

    कालिकोट । रास्कोटमा राजस्व सुधार सम्बन्धि अन्तरक्रिया गरिएको छ । कर्नाली प्रदेश प्रशिक्षण केन्द्रको सहयोग तथा रास्कोट नगरपालिकाको समन्वय र हिमालयन सिकरोड कन्सेल्टेन्सी प्रालिको आयोजनामा राजस्व सुधारका बारेमा नगर सरकारका जनप्रतिनिधि,विभिन्न बिषयगत शाखा प्रमुखहरुको सहभागितामा अन्तरक्रिया भएको हो ।
    अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका उपसचिव पदम बहादुर बुढा र हिमालयन सिल्कराेड कन्सल्टेन्सी प्रा. लि कार्यकारी निर्देशक मोहन शाहीले सहजीकरण गरेको बताइएको छ ।
    सो कार्यक्रममा रास्कोट नगर प्रमुख धर्मराज शाही, वडा अध्यक्ष, शाखा प्रमुख लगाएतले राजस्व सम्बन्धि जिज्ञासा राखेका थिए ।रास्कोट नगर पालिका स्तरीय राजस्व सुधार सम्बन्धि एक दिने अन्तक्रिया कार्यक्रमले वडा स्तरमा गरिने कामकारबाहीका बारेमा सिक्ने अवसर मिलेको सहभागीले बताएका छन ।
    जिल्लाकै राजस्व आम्दानीमा रास्कोट नगर रहेको र सोही कारण नगरको बाह्य बजेट ब्यबस्थापन हुनेमा आफू आशावादी भएको बताउदै नगर प्रमुख शाहीले सबैले आ आफ्नो ठाउँबाट आबस्यक सुधार गर्न र राजस्व आम्दानी बढाउने स्रोत खोजी गर्न अनुरोध गरेका छन ।शाहीले रास्कोट नगरपालिका जिल्लाकै राजस्व आम्दानी गर्ने स्थानिय तह भएको समेत दाबी गरेका छ्न ।

    प्रतिकृया दिनुहोस्