Skip

News Portal

  • रारा जोड्ने सडकको सिलान्यास

    धनबहादुर सार्की १८ बैशाख
    ३०३ पटक
    १८ बैशाख

    कालिकोट । पलाता गाउँ पालिकाको कहदेवलाई जिराे पाईन्ट बनाएर रारा जोड्ने सडकको सिलान्यास गरिएको छ । पलाता गाउँ पालिका अध्यक्ष बिष्णु बहादुर रोकाया,उपाध्यक्ष अलैपुरा हमाल(जैशी)ले आज सयुक्त सिलान्यास गरेका छन ।
    स्थानिय समुदायको सह्भागितामा सडकको सिलान्यास गरिएकाे गाउँ पालिका प्रबक्ता तिलक बुढाले बताए । बुढाका अनुसार पलाता देखि जुम्ला हुदै रारा सडककाे काम अघि बढेपछी स्थानियमा खुसियाली छाएको छ ।
    सो सिलान्यस कार्यक्रममा नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सचिवालय सदस्य मान बहादुर भण्डारी,पलाता गाउँ कमिटी उपाध्यक्ष बिम बम,पलाता गाउँ पालिका वडा न ६ का वडा अध्यक्ष ज्ञान ऐडी,वडा नम्बर ५ का अध्यक्ष तिलक बम,वडा नम्बर २ का पुर्ब अध्यक्ष बिरि बिक लगाएतले सडकको काम गुणस्तरीय हुनु पर्ने र तोकिएको समयमा सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन ।

    प्रतिकृया दिनुहोस्