पचालझरनाको विकासका लागि युुवा बहस

7
SHARES
15
VIEWS

कालिकोट । पचालझरना गाउँ पालिकामा युवा मैत्री पालिका निर्माणका लागि युवा बहस पैरबी कार्यक्रम भएको छ । पचालझरना गाउँ पालिकाको समग्र बिकासका सवालमा भएको प्रगतिका बारेमा युवा बहस भएको हो ।

पचालझरना गाउँ पालिका प्रथम अध्यक्ष तथा सामुदायिक विद्यालय महासंघका केन्द्रिय उपाध्यक्ष खडगराज सेजुवालको उपस्थितिमा उक्त बहस भएको हो । पचालझरना गाउँ पालिकामा भएको समग्र विकास र यसको प्रगतिका साथै जनताले पाएको सेवा प्रवाहका बारेमा प्रश्नोत्तर कार्यक्रम गरिएको हो ।

पचालझरना गाउँ पालिकाको सम्बृद्धिका लागि युवाहरुको सहभागिता गराएर लैजानु पर्नेमा जोड दिइएको छ । पचालझरना गाउँ शिक्षा तथा युवा शाखा प्रमुख नमराज शाहीको अध्यक्षता र पचालझरना गाउँ पालिका प्रथम अध्यक्ष खडगराज सेजुवालको विशेष उपस्थितिमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कार्यवाहक अध्यक्ष जैरामे टमट्टा सहितका अन्य वडा अध्यक्ष र युवाहरुको सहभागिता रहेको गाउँ पालिकाले जनाएको छ । साे कार्यक्रममा उठेका सवालहरुको जवाफ जनप्रतिनिधिले दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित