Skip

News Portal

  • कर्नालिका पर्यटन मन्त्रिले भेटे प्रधानमन्त्रि प्रचण्डलाई

    कर्नालीसंचार संवाददाता२३ बैशाख
    ४०४ पटक
    २३ बैशाख

    काठमाडौं । कर्नालि प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रि दुर्ग बहादुर रावतले आफुले जिम्मेवारी सम्हाले लगत्तै प्रधानमन्त्रि तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन ।

    प्रधानमन्त्रि निवास बालुवाटारमा पुगेर आफुले कर्नालिको पर्यटन क्षेत्र र वन तथा वातावबरणका सवालमा नमुना काम गर्ने बताउदै भला कुसारी गरेका छन । प्रधानमन्त्रि दाहालले अहिलेको कर्नालि प्रदेश सरकारको मन्त्रिमा बुढापाको तथा अब्बल व्यक्तित्व भएको चर्चा गर्दै मन्त्रि रावतलाई फरक पहिचान सहितको काम गर्नेमा आशा व्यक्त गरेका छन ।

    यस अघि नेकपा(माओवादी केन्द्र)कालिकोट काठमाडौं सम्पर्क मंचले समेत मन्त्रि रावतलाई स्वागत सम्मान गरेको थियो । मन्त्ति रावतले काठमाडौंमा बसेको समयमा कर्नालिका पर्यटन क्षेत्रको विकासका लागि विभिन्न निकायहरुमा भेटघाट तथा छलफल गर्ने बताएका छन ।

    कर्नालि प्रदेश सरकारमा नेकपा(एमाले)ले नेतृत्व गरेको मन्त्रि परिषदमा नेकपा(माओवादी केन्द्र)बाट ४ जना मन्त्रि रहेका छन ।

    प्रतिकृया दिनुहोस्