कालीकोट । पलांतामा स्थानियलाई ठेटुवा बुन्न शुरु भएको छ । लघुउद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत सिप विकास कार्यक्रमका लागि पलांता गाउँ पालिकाको वडा न.१ पुलाहँमा स्थानियलाई ठेटुवा बुनाई तालिम शुरु गरिएको हो ।
स्थानियहरुको सहभागितामा पुलाहमा गएके वर्ष ठेटुवा बुनाइका लागि तिन महिने सिप सिकाइ शुरु गरेको र सोको निरन्तरताका लागि यस वर्ष पनि सिप विकास तालिम शुरु गरिएको पलांता गाउँ पालिका वडा न.१का वडा अध्यक्ष मन प्रसाद न्यौपानेले बताए । उनका अनुसार गएको वर्ष लिएको तालिममा केही अभाव भएकाले पुनताजकिय तालिम संचालन गरिएको हो ।
पलांता गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शुरेष कुमार श्रेष्ठको उपस्थितिमा उद्यमशिलता विकास तथा महिला आयआर्जन कार्यक्रम मार्फत सो तालिम शूरु गरिएको वडा सचिव बालऋषि न्यौपानेले बताएका छन ।
जिल्लाकै पहिलो पटक ठेटुवा बुनाइ शुरु गर्नेमा पलांता गाउँ पालिका रहेको बताइएको छ ।
Discussion about this post