कालीकोट । शैक्षिक क्षेत्रमा सुधारका लागि पचालझरनाले शैक्षिक जागरण शुरु गरे संगै विभिन्न रचनात्मक कामको शुरुवात गरिएको छ । शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि पचालझरना गाउँ पालिकाले विद्यालयमा पठन पाठनको समयमा मोबाइल प्रतिवन्ध गरिनुका साथै शिक्षक तथा विद्यार्थिहरुको जन्मदिनको अवसरमा एक एक वटा विरुवा लगाइने भएको छ ।
केही दिन अघि शैक्षिक जागरण शुभारम्भ गरेको पचालझरना गाउँ पालिकाको वडा न.९मा वडाले विद्यालयले शिक्षक विच सिकाइ प्रभावकारी बनाउनका लागि धमाधम कार्यसम्पादन तथा अन्तरक्रिया कार्यक्रम हुन थालेका छन । पचालझरना गाउँ पालिकाका सबै विद्यालयहरुमा वडा कार्यालयले विद्यालयमा र विद्यालयले शिक्षकहरु संग पठन पाठन तथा सिकाइ प्रभाबकारी बनाउनका लागि आपसि समझदारीमा हस्ताक्षर गरी सम्झौता गर्ने क्रम बढेको छ । यस अभियानले पचालझरनाकाे शैक्षिक अवस्थामा सुधार अाउने अाशा लिएकाे शिक्षा शाखा प्रमुख नमराज शाहीले बताएका छन ।
प्राविधिक शिक्षामा अघि बढेको सरस्वति माध्यमिक विद्यालय भिटाले शिक्षकहरु संग अन्तरक्रिया गर्दै शैक्षिक रुपान्तरण अभियानमा प्रतिवद्धता जनाएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुशल शाहीको उपस्थितिमा भएको कार्यक्रममा शिक्षहरुले सम्झौता पत्रमा हस्ताक्षर गर्दै शैक्षिक रुपान्तर अभियानमा आफुहरुको साथ रहेन प्रतिवद्धता व्यक्त गरेका छन भने पचालझरना गाउँ पालिका वडा न.९का वडा अध्यक्ष ललिजन शाहीको उपस्थितिमा भएको भेलाले १३ बुद्धे सम्झौता गरेको छ । वडा तथा विद्याल विच भएको सम्झौता अनुसार सबैले कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका छन ।
जुन निम्नानुसार रहेका छन ।
सामुदायिक बिद्यालय संचालन तथा व्यवस्थित गर्न केहि नियमहरु र सम्झौता पत्र
विद्धमान रुपमा सामुदायीक विधालयहरुमा खस्कीदै गएको शैक्षिक अवस्था र अबिस्वास लाई घटाउन निजि विधालयहरुमा बढेको मोह घटाउन र खस्कीदै गएको शैक्षिक हरुमा शिक्षा प्रतिको विश्वसनियता बढाउन पचालझरना गाउँपालिका वडा नं ९ अन्त्ररगत संचालित सामुदायिक बिधालयको समग्र व्यबस्थापन शैक्षिक गुणस्तर सुधारका लागी प्रथम बन्न गनिने पचालझरना गाउँपालिका वडा नं ९ स्थीत शहिद स्मृति आबासिय माध्यमिक विद्यालय लड्काटीयाका प्रधानाध्यापक दोश्रो पक्ष भनिने बिच तपशिलका सर्तहरुको अधिनमा रही यो सम्झौता गरी १ प्रति वडा नं ९, को वडाकार्यालयमा र १ प्रति बिद्यालयमा १ रहने गरी यस सम्झौताको पूर्ण कार्यान्वयनमा प्रतिबद्ध रहदै यो सम्झौतामा सही छाप गरीदियौ ।
१.अनिवार्य रुपमा शिक्षक तथा विधार्थी ९ः ४५ मा विधालय हातामा प्रवेश गरिसक्नु पर्ने छ ।
२.विहानको प्रर्थना समयमा पिटी, निर्देशनात्मक आदेश, मदिरा र सुर्तिजन्य प्रदार्थ सेवन गर्न नपाईने विधालयमा वार्षिककार्य तालिका, दैनिक पाठयोजना, गृहकार्य, अनुगमनु, सुपरिवेक्षण अनिवार्य रुपमा कार्यान्वयन गर्ने गराउने ।
४. कक्षाकोठामा जादाँ मोवाइल लिएर जान निषेध र प्रतिवन्ध गर्ने गराउने ।
५.विधालयमा दिवा खाजा रुटिङ अनुसार विधार्थीलाई खुवाउने। जसमा आर्गनिक परिकारहरु मात्र खाने र खुवाउने ।
६. विधालयमा शिक्षक तथा विधार्थी पोषाक अनिवार्य र परिचय पत्र अनिवार्य गराउने
७. शिक्षक स्टाप, वि।व्या।स। र अभिभावक सहितको महिनामा कम्तिमा १ पटक समिक्षात्मक बैठक बस्नु पर्ने ।
८. प्रत्येक विधार्थीले १ विरुवा १ विधार्थी नमुना कार्यक्रम सैन्चालन र कार्यावन्यन गर्ने गराउने ।
९. मासिक रुपमा शिक्षक हाजिरी रेकड वडा कार्यालयमा पेश गर्ने र अनुपस्थित शिक्षकको त.भ.कट्टा गरी विधालयको शुशासन कोष निर्माण गरी उक्त रेकडका आधारमा ३ महिनाको वि.व्या.स को समिक्षा गर्ने गराउने ।
१०.खेताला शिक्षकको पूर्ण निषेध गरिने छ ।
११. विद्यालयमा शिक्षकहरुको कार्यविभाजन गरी अनुपस्थिति विद्यार्थिहरुको अभिभावकलाई अनिवार्य फोन गर्न व्यवस्था गरिने छ । विना निवेदन विद्यार्थि अनुपस्थिति भएमा रु १० जरिवाना गरिने छ ।
१२. शिक्षक तथा विधार्थीको जन्म दिनको अवसरमा अनिवार्य रुपमा विधालयको हाता भित्र एक विरुवा लगाउने विधालयमा शिक्षकहरुको कार्यको थालनि गर्ने ।
१३.शिक्षकहरुले कक्षा कोठमा अनिवार्य रुपमा सकेसम्म स्थानिय श्रोत साधनको भरपुर प्रयोग गरी शैक्षिक सामाग्रीको अनिवार्य प्रयोग गर्ने ।
ललिजंग शाही (वडा अध्यक्ष) शंकर प्र.संज्याल(प्र.अ.) देबराज शाही(गा पा अध्यक्ष) नमराज शाही(शिक्षा शाखा प्रमुख)
Discussion about this post