कर्नाली र लुम्बनी प्रदेशमा सहकारी महासंघद्वारा सुझाव पेश  

7
SHARES
15
VIEWS

कालीकोट ।  राष्ट्रिय सहकारी महासंघले कर्नाली र लुम्बनी प्रदेशमा आर्थिक बर्ष ०८१÷०८२मा समेट्नुपर्ने विषयमा आफ्नो सुझाव पेश गरेको छ ।

कर्नाली प्रदेशक मुख्यमन्त्री यमलाल कडेल र आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी सहित सहकारी रजिष्टार खुम प्रसाद सुवेदीलई आव ०८१र०८२ को नीति कार्यक्रम तथा बजेटमा समावेस गर्न ३१ बुदे सुझाव पत्र पेश गरेको छ । राष्ट्रिय सहकारी महासंघका संचालक काशीचन्द्र बराल, संचालक हरिहरनाथ योगी र राष्ट्रिय सहकारी बैंकका संचालक कालीबहादुर महतरा लगायतले महासंघको तर्फबाट ३१ बुँदे सुझाव पत्र पेश गरेको बताइएको छ । कर्नाली प्रदेशले सकारात्मक धारणा आएको संचालक बरालले बताएका छन ।

त्यसै गरी लुम्बिनी प्रदेशमा महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक भिमप्रसाद तुलाचनको नेतृत्वका सहकारीकर्मीको टोलीले सुझाव पेश गरेको हो । महासंघका प्रतिनिधिहरुले प्रत्येक प्रदेशलाई नीति कार्यक्रम तथा बजेटमा समेट्नुपर्ने सहकारी विषयका सुझाव पेश गर्दै आएको छ ।

यस अघि महासंघले संघिय सरकारलाई नीति तथा कार्यक्रममा पेश गर्नुपर्ने सुझाव दिएको र सो अनुसार नीति तथा कार्यक्रममा सम्बोधन भएकोमा महासंघले स्वागत समेत गरेको थियो । यस अघि महासंघले बागमति, गण्डकी प्रदेशमा पनि सुझाव बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित