नेकपा(एमाले)सान्नित्रिवेणी गाउँ अधिवेशनमा समानान्तर समिति

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले)सान्रित्रिवेणी गाउँ अधिवेशनमा विवाद हुँदा समानन्तर समिति गठन भएको छ। दोस्रो गाँउ अधिवेशनमा विदा हुँदा मातृका उपाध्याय र मदन शाहीको नेतृत्वमा समान्तर समिति गठन भएको बताइएको छ।

गाउँ अधिवशनमा एक पक्षको सहमति मातृका उपाध्यायको अध्यक्षतामा ५७ सदस्य गाउ समिति गठन भएको हो भने जस समितिका उपाध्यक्ष मन बहादुर गिरी, सचीव गम्म तिरुवा, उपसचिव जगत बटाला,उपसचिव गोमा सिम्खाडा सहित अन्य सदस्य रहेका छन ।

त्यसै गरी अर्को समितिमा अध्यक्ष मदन बहादुर शाही,उपाध्यक्ष रत्नबहादुर केसी, सचिव मिनराज देबकोटा, उपसचिव गोमा सिम्खडा, उपसचिव जगत्त बटाला लगायत ५७ सदस्य रहेका छन ।

सान्नित्रिवेणी गाउँ पालिकाको दोस्रो गाउँ अधिवेशन विवाद भएपछि समानन्तर कमिटी गठन भएको र बसेर हल गरिने नेकपा एमालेका एक नेताले बताए । अध्यक्ष मण्डलका सदस्य वैकुण्ठ गिरीले विज्ञप्ति जारी गर्दै सहमति विना एकाएक कमिटी घोषणा गर्दै केही व्यक्तिलाई अराजकको आरोप लगाएका छन। उनले पार्टी निति विधि विपरित माइन्युट समेत लुकाएको प्रति विरोध जनाएका छन ।

सान्नित्रिवेणी दोस्रो गाउँ अधिवेशनका अध्यक्ष मण्डलका संयोजक पार्वती सिंहका अनुसार हलबाट प्रतिनिधिहरुको सर्वसम्मत निर्वाचित अध्यक्ष मातृका उपाध्यायको नेतृत्व नै आधिकारिक रहेको बताउँदै समानन्तर कमिटी नरहेको दावि गरेकी छन । आफ्नो पक्षधरहरुको प्रतिनिधित्व नभएको र प्रतिशोधमा समानन्तर कमिटी घोषणा गरेको भएपनि पार्टी संगठन मातृका उपाध्यायको नेतृत्वमा अघि बढने निर्वाचन क्षेत्र ख को इन्चार्ज समेत रहेकी सिंहको भनाइ रहेको छ ।

अहिले सम्म पलाता, पचालझरना, रास्कोट, नरहरिनाथ र महावैमा गाउँ अधिवेशन सम्पन्न भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित