पलाताका विद्यालयमा शैक्षिक सांस्कृतिक कार्यक्रम

7
SHARES
15
VIEWS

कालीकोट । शैक्षिक जनचेतना अभिवृद्धिका लागि पलाताले अन्तर मावि स्तरिय सास्कतिक कार्यक्रम गरेको छ । पलाताको वडा नम्बर १,२ र ३ का १५ वटा विद्यालयको सरस्वती माध्यमिक विद्यालय राडुनेटा र पलाता ४,५ र ६ का विद्यालयमा को कर्नाली माध्यमिक विद्यालय खिनमा सांस्कृतिक कार्यक्रम गरेको हो । पलाता गाउँ पालिका अध्यक्ष बिष्णु बहादुर रोकायाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा पलाता गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमाल(जैसी) प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, वडा नम्बर ४का वडा अध्यक्ष तिलक बुढा, गाउँ शिक्षा समिती सदस्य मानबहादुर भण्डारी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कल बहादुर भण्डारी लगाएत शैक्षिक सरोकारवालाहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा वालवालिकाले सिकाइ प्रभावकारी बनाउन अभिभावाक शिक्षक तथा स्थानिय सरकारले खेल्नु पर्ने भूमिकाका विषयमा शैक्षिक चेतनामूलक देउडा प्रस्तुत गरेको शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारीले बताए । यस कार्यक्रमले शिक्षा सम्बन्धी शैक्षिक गुणस्तरलाई सुधार गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले शैक्षिक गुणस्तर कायमका लागि सांस्कृतिक कार्यक्रम मार्फत चेतनामूलक सन्देश प्रवाह गरेको बताउँदै सबै क्षेत्रबाट साथ दिन आग्रह गरेका छन। पलातामा ९ वटा मावि, ३० वटा आधुरभूत विद्यालय सहित बाल विकास केन्द्र रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित