रास्कोटमा साझेदार संस्था विच कार्यक्रमको समिक्षा

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय सरकार संग साझेदार गरी संचालित गैर सरकारी संस्थाको वार्षिक कार्यक्रम र आगामी कार्यक्रम बारे समिक्षा बैठक भएको छ। रास्कोट नगर पालिकामा कार्यरत गैरसरकारी संस्थाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा रास्कोट नगर प्रमुख धर्मराज शाहीको उपस्थिति रहेको बताइएको छ।

सो कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ लाई लक्षित गरी रास्काेटमा संचालित सम्पूर्ण साझेदार संघ / संस्था हरु संग काे कार्यक्रम प्रस्तुति गरिएको बताइएको छ। त्यस कार्यक्रममा डब्लु एफ पि / एल आइ एस पि, सादा नेपाल, युनिसेफ, हुरुन्डेक नेपाल, किर्डाक नेपाल, हेल्भटास , भिडीसेफ , सहास नेपाल, सिएमसी नेपाल, एसडीपि, एप्पल जोन र रिप्रेस्टेटिभ गरी एक दर्जन गैर सरकारी संस्थाले आ आफ्नो कार्यक्रमको प्रस्तुती गरेको गैरसरकारी संस्था श्रोत व्यक्ति हुकुम शाहीले बताए ।

कार्यक्रममा सादा नेपालका अध्यक्ष तथा सामाजिक अभियान्ता अशोक नाथ योगीले स्थानिय सरकार संग साझेदार गरेर रास्कोट सम्वृद्धिमा लागि पर्ने बताएका थिए । रास्कोट नगर प्रमुख धर्मराज शाहीले गैर सरकारी सस्था पनि एक किसिमको स्थानिय सरकार जस्तै भएकाले समुदायको हितमा काम गर्ने र जनताको जिवन स्तर माथि उठाउँदै आएको र आगामी दिनमा थप जोड दिन अनुरोध गरेका छन । त्यसका लागि रास्कोट सरकार सहयोग तथा साझेदार गर्न तयार रहेको बताएका छन ।

रास्कोट नगर पालिका द्वारा गैर सरकारी संस्था हेर्ने श्रोत व्यक्ति समेत तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित