पचालझरनामा समाजवादी माेर्चाकाे घाेषणा २५ गते हुने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा समाजबादी मोर्चा गठन गरिएको छ । आइतवार पचालझरना स्थित मोर्चामा आवद्ध दलहरु मध्ये नेकपा(माओवादी केन्द्र) सहितका दलहरुको सहभागितामा मोर्चाका बारेमा छलफल भएको हो । सो छलफलमा नेकपा(माओवादी केन्द्र)का पचालझरना अध्यक्ष गौरी संज्यालको अध्यक्षतमा भएको बैठकमा विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तथा पचालझरना इन्चार्ज रणदिप सि, ने.क.पा.(एकिकृत समाजवादी) कर्नालि प्रदेश कमिटी सदस्य चन्द्र बहादुर शाही,ने.क.पा.(माओबादी केन्द्र) प्रदेश कमिटी सदस्य तथा पचालझरना इन्चार्ज तारा न्यौपाने,प्रदेश कमिटी सदस्य मिना रावत(विक),लगाएतको उपस्थिति रहेको बताइएको छ । सो बैठकमा समाजवादी मोर्चा गठन गरिएको र उक्त मोर्चा गठनको घोषणा आगामि जेष्ठ २५ गते गरिने नेकपा(माओवादी केन्द्र)का पचालझरना अध्यक्ष गौरी संज्यालले बताएका छन । संज्यालका अनुसार सो घोषणा कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थितिमा गर्ने बताए । जिल्ला स्तरमा समाजवादी मोर्चा गठन भएप्नि पालिका स्तरमा पहिलो पटक पचालझरनामा समाजवादी मोर्चा गठन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित