कृषिमा आत्मनिर्भर बन्दै पचालझरनाका कृषकहरु

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाँउ पालिकामा किसानहरुले अर्गानिक तरकारी तथा फलफुल खेती गरेर प्रसस्त आम्दानी गर्न थालेका छन । पछिल्लो समयमा आफुहरुले फलफलु तथा तरकारी खेति गरेर जिबिकोपार्जन गर्ने तालेका हुन । पचालझरना गाँउ पालिकाका माथिल्ला क्षेत्रका बस्तीहरुमा मौषम अनुसारका तरकारीबालि आलु, बन्दा, प्याज, लसुन, बेसार लगाएतका तरकारी खेती गरी आफुलाई उपयोग गर्ने तथा विक्रिवितरणका लागि खेतिमा आकर्षण बढेको हो ।

पचालझरना गाउँ पालिका वडा नँ ९ का अगुवा कृषक सक्कल बहादुर शाहीले विगत ३ वर्ष देखि तरकारी खेति गरेर आत्मनिर्भर बनेका छन । उनका अनुसार उत्पादित तरकारी खेति पालिका केन्द्र आसापासका बजारमा विक्रि हुन थालेकाले आफुहरु तरकारी उत्पादनमा लागेको बताए ।

पछिल्लो समयमा तरकारी खेति गरेर आफुैले दैनिक आम्दानि एक हजार देखि तिन हजार सम्म कमाई हुने गरेको बताए । उने भने कृषि खेतिमा बिभिन्न संघसँस्था तथा स्थानिय सरकारले विउविजन तथा सिप विकास तालिम संचालन गर्दा झनै सहज भएको बताएका छन । कृषि तथा पशुपालनमा पुरानै तरिकाले संचालन गरेकाले आधुनिक खेति तथा पशुपालन गर्न थालेको कृषकहरुले बताएका छन ।भौगोलिक विकटता तथा खडेरीका कारण कृषकहरुले उत्पादनमा समस्या आउने गरेकाले सिचाइ व्यवस्थापनका लागि कृषकहरुले आग्रह गरेका छन ।
पचालझरना गाउँ पालिकामा विभिन्न कृषि पेशामा संलग्न कृषकहरुलाई क्षमता अभिबृद्धि तथा प्रवद्धन गर्न कृषि शाखाले तिव्रता दिएको छ ।

पचालझरना कृषि शाखा प्रमुख लोकेन्द्र धानुकले यस वर्ष तालिम तथा सामाग्रिको व्यवस्थापन गरिएको र आगामि वर्षको योजना तयारी गरेको बताएका छन ।कृषि शाखा प्रमुख धानुकले भने उचित बजेट व्यवस्थापन नभएका कारण भने जस्तो योजना नभएको बताएका छन ।

पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले सबै क्षेत्रलाई आवश्यक्ताका आधारमा बजेट विनियोजन गर्दा उचित बजेट व्यवस्थापन नभएको बताउदै आगामि दिनमा विशेष जोड दिने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित