दुर्घटना न्यनिकरणमा ट्राफिक प्रहरी-स्थानिय सरकार साझेदारी

7
SHARES
15
VIEWS

कालीकोट । ट्राफिक प्रहरीले यातायात दुर्घटनामा न्युनिकरणका लागि स्थानिय सरकार संग साझेदारी गर्न थालेको । कर्नालि करिडोरका खुलालु हिल्सा सडक अन्तरगत पर्ने पचालझरनामा चेकजांच कडाई गरेको छ ।

पचालझरना गाउँ पालिका संगको सहकार्यमा अस्थायी प्रहरी पोष्टले गतिविधिमा तिव्रता दिएको छ । कर्नालि करिडोर गुड्ने  सवारी साधनको  चेकजाँचमा कडाई गरेर सडक दुर्घटना कमि ल्याउन पालिका सरकार सँग समन्वय  गरी अगाडि  बढेको बताईएको छ । अस्थायि टा्रफिक पोष्ट प्रमुख युवराज सिँहले  कानुनले  दिएको अघिकार  प्रयोग गरी सर्वसाधारणलाई सहजता कायम गर्न पहिलो चरणमा ट्राफिक शिक्षा  दिई  पठाउने गरेको बताए । उनले भने आफुले  जनताको हितमा काम गर्ने गरी जिम्मेवारी पुरा गरेको तर यात्रुहरूको  जिद्दी  र अशिक्षाका कारणले  सवारी  साधन  दुर्घटना  हुने गरेको बताए ।

पचालझरना गाउँ पालिकामा सवारी साधनको नियम विपरित कार्वाहीलाई प्रक्रिया अघि बढाइएकोे बताउदै आगामि दिनमा व्यवस्थित गरी यात्रुलाई सहजता कायम गर्न पचालझरना गाउँ पालिका संग सहकार्य अघि बढाएको सिंहको भनाई रहेको छ ।

पचालझरनामा अस्थायि ट्राफिक  पोष्ट स्थापना गरी यातायातमा सहजता कायम गर्न ट्राफिक प्रहरीले ठुलो भुमिका निर्वाह गरेको बताउदै पचालझरना गाउँ पालिका अध्यक्ष  देवराज शाहीले स्थानिय सरकार र ट्राफिक विच समन्वय सहकार्यबाट अघि बढेको बताए ।

पछिल्लो समय अस्थायि ट्राफिक प्रहरी पोष्ट स्थापना पछि यात्रुहरुले सहजता पाएको अध्यक्ष शाहीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित