पचालझरनामा शैक्षिक क्षेत्रमा नमुना बनाउने गरी अभियान शुभारम्भ गरिएको छ— प्रशासकिय अधिकृत भण्डारी

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले शैक्षिक क्षेत्रमा नमुना बनाउने गरी अभियानको शुभारम्भ गरिएको बताएका छन । पछिल्लो समय शैक्षिक क्षेत्रमा देखिएको लापरवाहीलाई न्युनिकरण गर्दै शिक्षा आर्जन गर्ने शिक्षकहरुलाई उत्तरदायि बनाउन शैक्षिक अभियानको शुभारम्भ गरिएको बताए ।
प्रमुख प्रशासकिय अधिकृत भण्डारीले यस अघि कुन कक्षामा कुन विषय कस्ले अध्यापन गरेको हो भन्ने बारेमा जिम्मेवारी बोध नहुंदा समस्या आउने गरेको भएपनि पचालझरना गाउँ पालिकामा शिक्षा शाखाले विद्यालयका प्रधानध्यापकहरु संग सिकाइ प्रभाबकारीक लागि सम्झौता गर्ने र वडामा विद्यालयले सम्झौता गरी कार्यन्वयनमा कडाइ गरिने बताउदै हरेक शिक्षकले कुन दिन कुन विषयमा पठान पाठन गरेको हो शिक्षक डायरी राख्न शुरु गरिएको छ ।
प्रशासकिय अधिकृत भण्डारीका अनुसार विद्यालयका शिक्षकले पढाई सकेपछि हरेक दिन तिन कुराको बारेमा गृहकार्य दिनु पर्ने बताएका छन । वडा अध्यक्ष तथा वडा सचिवले पढाएको दिनमा प्रत्यक्ष अनुगमन गर्ने र विद्यार्थिले के सिके त्यसका बारेमा भिडियो बनाई सम्बन्धित निकायमा पठाउने समेत मापदण्ड बनाएको दावि गरिएको छ ।

अबको उत्पदान भएको जनशक्ति हिम्मतदारी भएर विभिन्न आयोगमा भिड्ने क्षमतावान जनशक्ति उत्पादन गर्नका लागि नितिगत व्यवस्था गरिएको बताइएको छ र त्यसका लागि पचालझरना गाउँ पालिकामा शैक्षिक निति बनाई प्रभावकारी कार्यन्वयन बनाई अघि बढ्नका लागि शिक्षक,विद्यालय व्यवस्थापन समिति,वडा अध्यक्ष देखि सबै जनप्रतिििनधको साझा प्रतिवद्धता रहेको बताइएको छ ।

यस कार्यले शैक्षिक रुपान्तरणमा नयाँ आयाम थपिने गरी कार्य शुरु गरिएको पचालझरना शिक्षा शाखाले योजना अघि बढाएको हो ।
यस सन्दर्भमा पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले पचालझरना गाउँ पालिकाको शैक्षिक गुणस्तर कायम गर्नका लागि शुरुवात देखि शैक्षिक क्षेत्रमा सुधार गर्ने योजना बनाएको र नितिगत रुपमा व्यवस्थापन गरी कामको शुभारम्भ गरिएको बताएका छन ।

यस अभियानमा सबै निकायले साथ दिने आशावादी रहेको बताउदै अध्यक्ष शाहीले वडा न.८ ,वडा न.८ले कामको शुरुवात गरेका छन । वडा न.९मा समुदायहरुको सहभागिता अन्तरक्रियात्मक कार्यक्रम सहित विद्यालयमा ११ बुद्धे सम्झौता समेत शिक्षकहरुले शुरुवात गरेको अध्यक्ष शाहीको भनाई रहेको छ ।
पचालझरना गाउँ पालिकाले यस अघि स्थानिय पाठ्यक्रम निर्माण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित