कालीकाेटमा याेजना अनुगमनमा तिव्रता

7
SHARES
15
VIEWS

कालीकाेट । पलाता गाउँपालिकामा आर्थिक  बर्ष ०८०/०८१ मा सँञ्चालित आयाेजनाहरुकाे अनुगमन शुरु भएको  छ । अघिल्लो  बर्षमा सञ्चालन सम्पन्न  भएका याेजनाहरु आर्थिक  बर्षकाे अन्तमा कार्य सम्पन्न भई  रकम भुुक्तानी गनुपर्ने कानुनी  प्रावधान अुसार अनुगमन थालिलएकाे हाे। पलाता शहिद आवासिय बिद्यालय थिर्पुकाे पुर्वाधार भवन निर्माण,सरस्वती मा. बि.थिर्पुकाे भवन र गाउँ पालिकाकाे बिनियाेजित बजेट मार्फत बिद्यालयकाे तटबन्धन र पालिका सरकारबाट निर्माण  सडक आयाेजनाकाे जिल्ला  समन्वय उपप्रमुख मिना रावत (बि.क) सहितकाे टाेलिले अनुगमन गरेकाे हाे ।

साे टाेलिमा पलाता गाउँपालिका उपाध्यक्ष अलैपुरा हमाल जैसी, प्रमुख प्रशासकिय अधिकृत  सुरेश कुमार श्रेष्ठ, जिल्ला समन्वय कार्यालय कर्मचारी  तिलक आचार्य , धन बहादुर महतारा लगायतकाे सहभागितामा अनुगमन गरिएकाे हाे । साे अनुगमनमा  याेजनाहरुकाे स्थलगत रुपमा भएका कामकाे अनुगमनका क्रममा स्थानीय  धर्म राज राेकायाले भाेैगाेलिक बिकटताका कारणले विभिन्न समयमा हुने बाढी पहिराे लगायत अन्य  बिपदले सरकारले  गरेका कामहरु प्नभावकारी नहुने गरेकाे र अनुगमन  प्रभाबकारी  समेत नभएकाले समस्या अाउने गरेकाे बताए ।

बिकासकाे नाममा बजेट  सकाउने पर्थाकाे अन्त्य  गर्नु पर्ने  स्थानियले गुनासाे राखेका छन यस सम्बन्धमा अनुगमनका खटिएकी समन्वय उप प्रमुख रावतले सरकारले गरेका राम्रो कामकाे प्रसंशा गरेर जनता प्रति सरकार निरन्तर रुपमा उत्तरदायी  बन्नुपर्ने  घारणा राखेेकी छन । पलाता गाउँ  पालिकाकाे पुर्व निर्धारित कार्यक्रम  सकेर पचालझरनाकाे अनुगमन थालनि हुने जिल्ला  समन्वय  समिति कालीकाेटका प्रवक्ता अजय बहादुर बमले जानकारी दिएका छन ।

जिल्ला समन्वय समिति कालीकाेटले प्रदेश र जिल्लाका याेजनाका अनुगमन गर्दै अाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित