संखुवासभामा पहिरोले आठ घर बगाउदा ११ जना बेपत्ता

7
SHARES
15
VIEWS

संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपालिकामा शनिबार राति पहिरोले आठ घर बगाउँदा ११ जना वेपत्ता भएका छन् ।

गाउँपालिका अध्यक्ष रामबहादुर राईका अनुसार वडा नं. १ सेचिलामा पहिरो गएकाे हाे। राति २ बजे आएको पहिरोले बगाएर वेपत्ता भएकाहरुको खोजी सुरु भएको राईले जानकारी दिए।

स्थानीय चाैकीबाट प्रहरी घटनास्थलमा पुगिसकेको छ भने जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली त्यसतर्फ जाने तयारी भइरहको छ। तर, लगातार वर्षा भइरहेको कारण उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष राईले बताए।

उनका अनुसार घटनास्थलमा अहिले पनि वर्षा भइरहेको छ। घटनास्थल जिल्ला सदरमुकाम खाँदबारीदेखि ६० किलोमिटर टाढा पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित