बैंकको किस्ता र कर तिर्न ताकेता प्रति सुर्खेतमा व्यवसायि आन्दोलित

7
SHARES
15
VIEWS

सुर्खेत । पछिल्लो समयमा उद्योगि व्यवसायिहरुलाई सरकारले कर तिर्न र बैंकहरुले ऋणको किस्ता तिर्न ताकेता गरे पछि सुर्खेतका उद्योगी व्यवसायीहरुले विरोध जनाएका छन । सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइमाउद्योगिहरुले चरणबद्धरुपमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।
संघको संघर्ष समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर आइतबार विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर मागपत्र बुझाउनुका साथै एक घन्टा धर्ना दिने कार्यक्रम तय गरेको छ । त्यसपछि अर्को चरणको आन्दोलन घोषणा गरिने संयोजक बस्नेतले बताए ।

संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति नै गठन गरेको छ । कोरोना महामारीबाट आक्रान्त भएर व्यापार व्यवसाय ठप्प भएको बेला न्यूनतम मानवीय संवेदनाको समेत ख्याल नगरी व्याज, किस्ता र कर तिर्न दबाव दिएको भन्दै व्यवसायीहरु असन्तुष्ट छन् । लामो लकडाउबाट प्रभावित निजी क्षेत्रलाई सरकारले राहतको प्याकेज दिनुपर्ने व्यवसायीहरुको माग छ ।

संघका कोषध्यक्ष भद्र भण्डारीले अरु बेला बैंकलाई समयमा किस्ता तिरिरहे पनि लकडाउनमा व्यापार व्यवसाय ठप्प हुँदा कसरी तिर्ने भन्ने चिन्ता लागेको बताए । उनले व्यवसायीहरुलाई किस्ता तिर्ने कम्तीमा ५/६ महिनाको समय दिनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित