महाबैको पान्तडीलाई नमुना कृषि हब संचालन गरिने

7
SHARES
15
VIEWS

कालीकोट । महाबै गाउँ पालिकाले पान्तडीलाई नमुना कृषि हब संचालन गर्ने भएको छ । महाबै गाउँ पालिकाको वडा न.६ गणेशकोटको तल्लो क्षेत्रमा रहेको पान्तडिलाई कृषि उत्पादनलाई बृद्धि गरी बजारीकरण गरी कृषकको आयस्तर बढाउन कृषि हब संचालन गर्न लागिएको महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहले बताएका छन ।

अध्यक्ष सिंहका अनुसार अहिले उत्पादनका हिसावले कृषकहरुले उत्पादन गर्दै आएको र बजारीकरणका लागि कर्नालि राजगर्माग संग जोडिएकाले थप बृद्धि र विकास गर्न लागिएको बताएका छन । अहिले महाबै सरकारले कृषि शाखा तथा गैरसरकारी निकायहरुलाई पान्तडि केन्द्रित गरेर कृषि सम्बन्धि कार्यक्रम संचालन गर्न लागिएको बताइएको छ । कृषि सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको इको हिमाल लगाएतले कृषकहरुलाई क्षमता अभिबृद्धि,प्रविधि तथा विउविजनमा सहयोग गर्दै आएको छ ।

पान्तडिमा कृषि खेति गर्दै आएका इन्द्र बहादुर शाहीले सरकारले नमुना कृषि उत्पादनका लागि पान्तडि केन्द्रित कार्यक्रम लागु गर्न लागेकोमा खुशि व्यक्त गरेका छन । महाबै सरकारले थालेको यस कार्यक्रमले कृषकहरुमा उत्साह थपिर्दिएको छ । यस कार्यलाई उच्च कदर गर्दै आफुहरुले फलफुल तथा तरकारी खेति गरेर आत्मनिर्भर बन्न ठुलो टेवा पुग्ने महाबै ६ निवासि सृजना शाहीले बताएकी छन । उनले पान्तडीमा सुन्तला लगाएतका जातका फलफुल खेति गर्दै आएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित