रास्कोटमा विद्युत सव स्टेशन निर्माणका लागि स्थलगत गुनासो सुनुवाइ हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा बन्ने नेपाल विधुत प्राधिकरणको वितरण केन्द्र सव स्टेशनका लागि स्थानिय स्तरमा गुनासो सुनुवाइ हुने भएको छ ।प्राधिकरण र रास्कोट नगरपालिका विच मंगलवार भएको बैठकमा स्थानिय स्तरमा आइपर्ने सामाजिक तथा वातावरणिय असरको बारेमा जनगुनासो लिने भएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत रहेको वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाले कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ६मा सव स्टेशन निर्माण थालेको हो ।

विद्युतिरकणको ३३/११ के.भी. सब(स्टेसन तथा विधुत वितरण प्रणाली निर्माण कार्यको सिलसिलामा स्थानिय स्तरमा आइपर्ने सामाजिक तथा वातावरणीय समस्या सम्बन्धि गुनासो सुनुवाई गरी समस्या समाधानका लागि गुनासो समाधान संयन्त्र रहने गठन गरिएको रास्कोट नगरपालिकाले जनाएको छ ।

यस कार्यले आयोजनाले स्थानिय स्तरमा वातावरण तथा सामाजिक व्यवस्थापन गर्न गुनासो समाधान समिति गठन गरिएको हो । उक्त समितिमा परियोजना प्रमुख, इन्जिनियर, रास्कोट नगर प्रमुख धर्मराज शाही,निर्माण व्यवसायिका तर्फबाट प्राविधिकका साथै वातावरण तथा सामाजिक सुरक्षा विज्ञ र परामर्शदाताको तर्फबाट एक एक जना गरी समिति गठन भएको छ ।

सो समितिले तत्काल कामको शुरुवात गर्ने आयोजनालाइ उदृत गर्दै सहकर्मि टिकाराज उपाध्ययले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित