पचालझरनामा भएको निबन्धमा प्रतियोगितामा साधना प्रथम

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाले संचालन गरेको माध्यमिक विद्यालय स्तरिय निबन्ध प्रतियोगितामा साधना बुढा प्रथम भएकी छन । जनप्रिय मावि बोलुगाउँकी छात्रा साधना बुढा प्रथम भएकी छन भने शहिद स्मृति मावि लडकाटियाकी कोटिला पवित्रा तिरुवा दोस्रो स्थान ल्याउन सफल रहेकी छन ।

तेस्रो स्थानमा ज्ञानोदय मावि राम्नाकोटका छात्र सुजन सेजुवाल रहेका छन भने सान्त्वनामा पंगेलि मावि नुवाघरकी छात्रा पुजा ऐडी रहेकी छन । पचालझरना गाउँ शिक्षा तथा युवा शाखाले आयोजना गरेको मैले चाहेको पचालझरना भन्ने विषयमा भएको निवन्ध प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयको १० छात्रा र १० जना छात्रको सहभागिता रहेको शिक्षा शाखा प्रमुख नमराज शाहीले जानकारी दिएका छन ।

शिक्षा शाखा प्रमुख शाहीका अनुसार शिक्षामा हुने नियमित कार्यक्रम अन्तरगत सो कार्यक्रम गरिएको बताए । पछिल्लो समयमा विद्यार्थिहरुमा लेखन शैलिलाइ व्यवस्थित पार्न र बानि बसाल्न निवन्ध तथा अन्य कार्यक्रम जारी रहेको बताइएको छ । निबन्ध प्रतियोगितामा सहभागिहरुलाई पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारी सहितका सहभागिले २० वटा निबन्ध सम्बन्धि कितावका साथै स्थान ल्याउनेहरुलाई कपि र डटपेन सहित प्रशंसा पत्र प्रदान गरिएको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा शैक्षिक जागरणका लागि विभिन्न कार्यक्रमलाई अभियानात्मक रुपमा अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित