पचालझरनामा शैक्षिक रुपान्तरण अभियान तिव्रतामा अघि बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँपालिका थालेको शैक्षिक रूपान्तरण अभियानले तिव्रता दिएको छ । पछिल्लो समयमा प्रमुख कार्यकारी अधिकृत, शिक्षा शाखा प्रमुख सहितको टिमले सबै विद्यालयमा पुगेर शिक्षक तथा अभिभावक संग अन्तरक्रिया कार्यक्रम गर्नुका साथै प्रधानक्यापक र शिक्षक विच सम्झौता गर्दै अघि बढको छ ।

सोही क्रममा आज पचालझरना गाउँ पालिकाको वडा नम्बर ६को जनप्रिय माध्यमिकत विद्यालयका शैक्षिक सरोकारवाला, आम समुदायका साथै शिक्षकहरु अन्तरक्रिया कार्यक्रम भएको पचालझरना गाउँ पालिका प्रवक्ता प्रभुजन संज्याल(विचार)ले बताएका छन ।

उक्त विद्यालयमा सहभागि समुदायले पचालझरनाले थालेको शिक्षामा गुणस्तर कायम गर्ने कार्य निरन्तर अनुगमन निरक्षणलाई जोड दिनु पर्नेमा सुझाव दिएका छन ।सामुदायिक बिद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तरमा बृद्धि गरी आम समुदायले सक्रिय भुमिका खेल्ने प्रतिबद्धता समेत जनाएका छन ।

सो कार्यक्रममा पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारी,शिक्षा शाखा प्रमुख नमराज शाहीले शैक्षिक गुणस्तरका लागि पालिकाले थालेको अभियानमा समुदायका तर्फबाट साथ दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित