पलाताले गऱ्यो वडास्तरमा सार्वजानिक सुनुवाइ

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिकाले वडास्तरमा सार्वजनिक सुनुवाइ गरेको छ । पलाता गाउँ पालिकाको आयोजना तथा रेडियो प्रदेश आवाज कालीकोटको सहजिकरण तथा समन्वयमा वडा नम्बर १ देखि ९ सम्म सार्वजानिक सुनुवाइ गरेको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा पलाता गाउँ पालिका अध्यक्ष विष्णु रोकाया, उपाध्यक्ष अलैपुरा हमाल, प्रमुख कार्यकारी अधिकृत शुरेष कुमार श्रेष्ठ सहित विभिन्न शाखाका प्रमुखहरु को उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाइमा नागरिकले उठाएका सवालको जवाफ दिँदै गाउँ पालिकाबाट हुन नसकेका कामको पूर्णता गर्ने प्रतिबद्धता जनाएका छन ।

गएको वर्ष पनि पलाता गाउँ पालिकाले वडास्तरमा सार्वजानिक सुनुवाई गरेको थियो भने यस वर्ष पनि समयमै सम्पन्न गरेको बताइएको छ। गएको वर्ष कालीकोटका सान्नीत्रिवेणी गाउँ पालिकाले मात्र वडा स्तरमा सार्वजनिक सुनुवाइ गरेको थियो भने अधिकांस स्थानिय तहले सार्वजनिक सुनुवाई गरेका थिएनन् भने यस वर्ष रास्कोट , पचालझरनाले पालिकास्तरमा सार्वजनिक सुनुवाइ गरेको छन।

सुचनाको हक सम्बन्धि राज्यका हरेक निकायले हरेक तीन तीन महिना गरेका कामको सार्वजनिक गर्नु पर्ने बाध्यकारी निति रहेपनि वेवास्ता हुने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित