मैले पाउने रकम माग्न जानु गल्ति हो ? -भिम आचार्य

7
SHARES
15
VIEWS

कालीकोट । शुभकालिका निवासी भीम प्रसाद आचार्यले अस्पतालको सैयाबाट साथिको सहयोग बाट मार्मिक कुरा लेखेका छन । शुभकालिका गाउँ पालिका लेखापाल सहितको टोलिले  हातपात गरी घाइते आचार्यको काठमाडौमा उपचार भइरहेको छ । उपचारत आचार्यले आफू माथि भएको आक्रमणका बारेमा यसो भनेका छन । साथिको सहयोगमा उनले मार्मिक स्टाटस लेख्दै वास्तविक्ता ओकलेका छन।

विरामी आचार्य माथी आक्रमण गर्ने लेखापाल सहित २ जना जिल्ला प्रहरी कार्यालय कालीकोटले नियन्त्रणमा लिइ मुद्दा प्रक्रिया अघि बढेको छ ।

सम्पूर्ण आदरणिय मेरा शुभचिन्तक महानुभावहरुमा ,प्रणाम!🙏

     मेरो स्वर्गको ढोका खुलेको रहेन छ र त देहवसान हुनबाट भगवानले बचाउनु भयो र तपाईँहरू सामु मेरो पुनर: जन्म भयो।म अहिले ८ दिन पछि न्यूरो सर्जिकल वार्डको इनभेस्टिकेसन अब्जरवेसन सैय्याबाट उपचारारत रहि गम्भिर घाईते अवस्थामा आँखाभित्र पानि जमी राम्रो संग आँखाको दृष्टि नआई सकेको र आँखा माथी परेलासँग जोडिएको हड्डी तिन टुक्रा परी चर्किएको अवस्थामा मृतजीव जस्तै रही यहाँहरू माझ परिचित हुने अवसर प्रदान भएको छ। सिसा प्रहार बाट गम्भीर घाइते बनेको म भित्री पिडा लुकाएर निमिटान्न पार्ने कोसिस आँखा र न्यूरो सर्जन डक्टरहरूसंग साथमै छु। सन्चो हुदै गरेको वाहीरी टाँका लागेको छाला जस्तै देखावटी हासो हासीरहेको छु। त्यो उपचार गर्दै गरेका हरेक अस्पतालका अनेक  रिपोर्ट पुष्ट्याउने नै छ वास्तविकता के रहेछ….

      पालिकामा मैले काम गरेको गत आर्थिक वर्षको वक्यौता रकम माग्न जानु मरो गलत नहोला भन्ने मलाई लाग्दछ। होटेलमा खाना खादै गर्दा विना कारण मापसे सेवन गर्दै गरेका पालिकाका लेखापल र पशुसेवाका कर्मचारीबाट मैले मराई पाउँनु कस्को गल्ति होला मैले वहाँहरूको के खाएको छु तिर्न तयार छु। न्याय प्रेमी आम -जनसमुदायहरू तपाईहरू आफैँ उचित मुल्याङ्कन गर्नुहोला।

      घटना २०८१।०३।०६ गते वेलुका करिव ०९:३० वजे हुदै गर्दा घटना पछि सहयोगी हातहरू पर्ति नमन र उच्च सम्मान छ। यो घटना वास्तवमा कार्यपालिका द्वारा पालिका विरूद्ध पार्टीको जिम्मेवार व्यक्ति माथी सुनियोजित रुपमा घटाईएको बर्बर आतंक हो।गाउँ पालिकाले घटनामा आरोपित दोषी कर्मचारीहरूलाई लिलम्वन गरिएको प्रेस विज्ञप्ति निकाल्न किन सकिरहेको छैन? यो दुखद् कुरा हो। घटना भएको चार दिन सम्म पनि मुद्दा दर्ता नहुनु।यो घटना घट्दा वखत नजिक रहेका विकाउ एक/दुई जना प्रत्येक्षदशी व्याक्तिबाट घटनाको नालिवेली थाहाँ हुदाहुदै कुरा लुकाएर सर्जिमिन मुचुल्का गर्दा थाहाँ नभएको भनी वोल्नु ,प्रत्यक्ष घटनाका योजनाकारहरू द्वारा सिसाको गिलास प्रहारबाट टाउको र आखाँमा गम्भीर घाइते भएको एक निर्दोष पिडितको विषयमा सिग्र स्वास्थ्य लाभको कामना नगर्नु र कुनै प्रकारले प्रत्यक्ष सम्पर्क गर्ने चेष्टा समेत नगर्नु ठूलो सड्यन्त्र छ। उच्च छानविन हुनुपर्छ । पिडकलाई उन्मुक्ति दिन राजनीतिक पावर र पौचमा पार्टी पंक्ति मरिपरी लाग्नु नाङ्गो नाच हो र पापको पराकाष्ठ हो। स्थानिय प्रहरी प्रसासनबाट अपराधिक गिरोहको पक्षमा मौन समर्थन रहेको जस्तो व्यावहारको झझल्को देखिनुले म पिडकलाई झन चिन्ता वनाएको छ।

     यो घटनाले मलाई पाठ सिकायो। अपराधीबाट गरिब ,निमुखा र निर्दोष जनता कोही पनी सुरक्षित नभएको महसुस भयो। दुष्टहरूबाट मलाई डर पैदा भईरहेको छ म आफै असुरक्षित भएको महसुस गरेको छु। ज्यानमार्ने उधोग जस्तो जगन्य अपराध गर्नेहरूले खुलेआम चलखेल गरेको देख्दा अजिव लागिरहेको छ। न्याय जरूर खोज्ने छु। घटनामा पिडितलाई न्याए दिदैंनन् कि भन्ने हामीलाई चिन्ता छ। सुनियोजित योजनामा संलग्न पिडकहरू भ्रष्टाचारमा लिप्त भएकोले पार्टिको रबाफमा अनेक सड्यन्त्र गर्ने, हर प्रकारको जालझेल गरी दोषीलाई उम्काउने र पिडितलाई झन पिडा दिने पक्षमा लागिरहेको वुझिएको छ। सहि र गलत के हो छुट्याउन नसक्नु लोकतान्त्रिक पार्टीको वेकुपि पन हो। लहैलहैमा गलतको पक्षपोषण गरी धुपौरो हल्लाउने कार्यकर्ताहरूको लज्जास्पद पन हो। खवरदार! मित्रुसंग कुनै प्रकारको सम्झौता हुन सक्दैन पिडितले हर प्रकारले न्याए पाउन पर्छ । यसो गरियो भने सत्य तथ्य दवाउने विरूद्ध मुद्दा व्यूतिने निश्चित छ। अचेत नबनौँ भन्न चाहन्छु साथै स्थानीय प्रशासन समक्ष म विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु कि निश्पक्ष रूपमा घटनाको सत्य तथ्य छानविन होस र पिडितले जरूर न्याय पाओस् भन्न चाहन्छु। धन्यवाद 🙏। भिम प्रसाद आचार्य / /टाइपिङ्ग श्रोत (विरामी कुरूवा) :- विजय ज्ञवाली//

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित