रास्कोटमा दुध डेरी संचालन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगर पालिकाको आरसिपि बजारमा दुध डेरी संचालन भएको छ । रास्कोट नगर सरकारको सहयोगमा पहिलो पटक दुध डेरी संचालनमा ल्याइएको हो । कृषकहरुले ल्याउने दुग्धजन्य पदार्थको विक्रि वितरणलाई सहज गर्न र सेवाग्राहीलाई चाहेको समयमा दुग्धजन्य वस्तुको व्यवस्थापनका लागि दुध डेरी संचालनमा ल्याइएको हो ।

सो दुध डेरीलाई रास्कोट नगर प्रमुख धर्मराज शाहीले एक कार्यक्रमका विच उद्घाटन गर्दै अब नगर बासिले चाहेको समयमा दुग्धजन्य वस्तुको सहज व्यवस्थापन हुने बताएका छन । नगर प्रमुख शाहीले दुध डेरीका दिर्घकालिन रुपमा संचालनका लागि आग्रह गर्दै दुध डेरीको व्यवस्थापनमा नगर सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

सो कार्यक्रममा रास्कोट नगर सरकारका प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बम लगाएतका सरोकारवालाको सहभागिता रहेको बताइएको छ । रास्कोट दुध डेरी नाम दिएको उक्त  डेरी संचालक तुलराज संज्याल पशु प्राविधिक समेत हुन ।

जिल्ला सदरमुकाम मान्ममा हिमचुलि कृषि सहकारी संस्थाले मात्र विगत लामो समय देखि दुध डेरी संचालन गरेको भएपनि पछिल्लो समय जिल्लाको तिलागुफा, नरहरिनाथ लगाएतका ठाउँमा स्थानिय सरकारको सहयोगमा दुध डेरी संचालन हुदै आएका छन । यस अघि कृषकले दुध पुगाउन घर घरमा जानु पर्ने बाध्यता रहेको थियो ।

जिल्ला पशु सेवा कार्यालय तथा पशु अस्पतालले दुध विक्रि गरे वापत प्रति लिटर रु १०का दरले कृषकहरुलाई प्रोत्साहन वापत रकम दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित