कालीकोटका युवाले सुर्खेतमा साबुन उद्योग संचालन

7
SHARES
15
VIEWS

कालीकोट । नेपालमा बेरोजगार युवाको लहर चलेको अवस्थामा एक युवाले सुर्खेतमा साबुन उद्योग संचालनमा ल्याएका छन । कालीकोट पचालझरना ८ खडतोलि निवासि नमराज संज्यालले साबुन उद्योग संचालनमा ल्याएका हुन ।

करिव ५६ लाख ५० हजारको लगानिमा साबुन उद्योग शुरु गरेको उद्योगका कार्यकारी निर्देेशक नमराज संज्यालले बताउनु भएको छ । दुई वर्ष अघि एउटा गैरसरकारी संस्थामा कार्यक्रम संयोजकको रुपमा काम गर्दै आउनु भएका संज्यालले विभिन्न निकायबाटको खोज अनुसन्धान तथा अनुभवका आधारमा उद्योग संचालनमा ल्याएको बताउनु भएको छ ।

नेपालमा कच्चा पर्दाथको अभाव हुने भएकाले भारतको दिल्लिबाट कच्चा पर्दाथको आयात गर्दा ठुलो चुनौतिका बावजुद उद्योग संचालनमा ल्याउन सफल भएको बताउदै तिन दिन अघिबाट साबुन उत्पादन शुरु गरेका छौं । वहांले भन्नु भयो आफुहरुले विभिन्न वित्तिय संस्थाहरुको कर्जाबाट व्यवसाय शुरु गरेको बताउदै गुणस्तर र सहुलियत दरमा साबुन बजारमा ल्याउने तयारी गरेका छौं ।
देशमा रोजगारी नपाएर बैदेशिक रोजगारीमा जाने युवाहरुलाई न्युन गर्ने र उद्योगबाट प्रत्यक्ष रोजगार सृजना गर्ने हेतुले साबुन उद्योग संचालनमा ल्याएको बताउने संज्यालले २ सय ४० ग्राम कपडा धुने खुशि साबुन उत्पादन गर्ने मेसिनले एक दिनमा १ एक हजार ५ सय देखि २ हजार सम्म उत्पादन हुने बताउनु भयो ।

निर्देशक संज्यालले साबुन उद्योगमा भने संचालन भने कमला बराल संज्यालको नामबाट गर्नु भएको छ । विभिन्न गैरसरकारी संस्थामा काम गर्दै आउनु भएको कमलाले साबुन उद्योग संचालन गर्न पाउनु महिला उद्यमिको क्षेत्रमा टेवा मिल्ने बताइएको छ ।
आगामि वर्ष साबुन उद्योगमा सरफ र स्याम्पु उत्पादन गर्ने योजना बनाईको संज्यालको भनाई रहेको छ । कार्यकारी निर्देशक नमराज संज्याल गैरसरकारी संस्थामा लामो समय अनुभव हांसिल गर्नु भएको छ । वहाँले सहयोगि हातहरुको समुह (सहास) नेपालमा कार्यक्रम संयोजकको रुपमा काम गर्नुका साथै गैरसरकारी संस्था महासंघ कालीकोेटको सचिव समेत हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित