पचालझरनाको लाफा वस्तिमा एक घर एक धारा निर्माण

7
SHARES
15
VIEWS

कालीकोट ।सरसरफाईमा तिव्रगतिमा लागेको पचालझरना गाउँ पालिकाको लाफा स्थित न्यौपाने वस्तिमा एक घर एक धारा संचालनमा आएका छन ।

सो वस्तिमा यस अघि खानेपानि आयोजनाबाट गाउँमा निश्चित स्थानमा धारा संचालनमा आएको भएपनि गाउँ पालिका र रेडक्रस सोसाइटीको सयुंक्त लगानिमा धारा निर्माणको काम भइरहेको बताइएको छ । खानेपानि उपभोक्ता समितिका अध्यक्ष विरेन्द्र न्यौपानेका अनुसार लाफा वस्तिका ५२ घर धुरीमा धारा जडानको काम भइरहेको बताउदै गाउँ पालिकाको ५ लाख, रेडक्रस कालीकोटको १७ लाख,श्रम दान ८ लाख ५७ हजार,निजि धारा लगानिबाट ४ लाख ३९ हजार र समुदायको कुल लागतमा २ प्रतिशत संकलन गरी ७२ हजार गरी ३६ लाखमा खानेपानि आयोजना संचालनमा रहेको बताउनु भएको छ । वहांका अनुसार हाल निर्माण कार्य भइरहेको छ ।

१५ देखि २० घरमा पानि संचालनमा आएको र बांकी घरहरुमा साउन पहिलो साता सबै ५२ वटै धारामा पानि पुगाउने योजना रहेको उपभोक्ता समिति अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।
घर घरमा धारा निर्माण हुनुले संरक्षणमा समुदाय आफै लागि पर्ने र खानेपानिका लागि टाढा धाउनु नपर्ने स्थानिय सामाजिक अगुवा विष्णुलाल न्यौपानेले बताउनु भएको छ । वाल मैत्रि धारा निर्माण भएकाले वालबच्चाहरुमा समेत पानि ल्याउन र प्रयोग गर्नमा सहजता आउने न्यौपानेका भनाइ रहेको छ ।


पचालझरना गाउँ पालिकामा अन्य वडाहरुमा समेत एक घर एक धारा निर्माणको काम भइरहेको छ भने प्रत्येक वडाहरुमा स्वच्छ खानेपानिका लागि गाउँ पालिकाले फिल्टर समेत वितरण गरेको छ । वडा न. ४,५,६ र ७मा फिल्टर वितरण गरिएको गाउँ पालिकाले जनाएको छ । आर्थिक वर्ष २०७७।०७८का लागि पचालझरना गाउँ पालिकाले “मेरो आंगन मेरो पहिचान” भन्ने नारा लागु गरी व्यक्तिगत देखि सामुहिक सरसफाईमा विशेष जोड दिदै पूर्ण सरसफाईमा अघि बढ्ने निति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित